बेपत्ता जीपसँगै भेटियो बुटवलको बस्यालको शव, दुईजना अझै अज्ञात
पाेखरा | असोज १४, २०८०
सांकेतिक तस्बिर
पोखरा: पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमाना तमादीखोलामा बाढीमा बगेर बेपत्ता भएको जीप ३ सय मिटर तल मोदी किनारमा फेला परेको छ ।
जीपसँगै बेपत्ता भएका तीन जनामध्ये रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ का गोपालप्रसाद बस्यालको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार दुई जना अझै बेपत्ता छन् ।
गएराती बागलुङदेखि पोखराका लागि छुटेको ग १ज ६३१३ नम्बरको टाटा सुमो जीप बाढीले बगाएर बेपत्ता भएको थियो ।
जीप चालकलाई पर्वत प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
पोखरा: पाँच वर्षपछि पोखरामा आज (बिहीबार) देखि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा २१ औं संस्करणको च्याम्पियनसिप आजदेखि स...
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

