बझाङ भूकम्प प्रभावितलाई तत्काल राहत दिन सम्बन्धित निकायलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडाैं | असोज १८, २०८०

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावितलाई तत्काल राहत दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आर्थिक सहयोगको प्रक्रिया तत्काल अघि बढाउन पनि उहाँले आग्रह गर्नुभयो ।
राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदको १२ औ बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारका तर्फबाट राहत, उद्धार, उपचार , पुनर्स्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिइने स्पष्ट पार्नुभयो ।
बझाङ भूकम्पबाट पीडित र प्रभावित जनतालाई राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका बारेमा आवश्यक निर्णय तथा कार्यान्वयनका लागि विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदको बैठकमा गम्भीर छलफल भएको छ ।
प्राकृतिक विपदले सिर्जना गरेको संकटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी रहेको पनि उहाँले बताउनुभयो ।
बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न प्रधानमन्त्रीले आज बैठक बोलाउनुभएको थियो ।
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...
मनाङ: मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ । यस वर्...