यू-१९ प्रिमियर कप: इरानमाथि नेपालको सानदार जित

काठमाडाैं | असोज २५, २०८०

यू-१९ प्रिमियर कप: इरानमाथि नेपालको सानदार जित

काठमाडौं:    नेपालले यू-१९ प्रिमियर कपमा इरानलाई २ सय ७४ रनले पराजित गरेको हो । जितका लागि ३ सय ५४ रनको विशाल विजयी लक्ष्य पछ्याएको इरान ३०.५ ओभरमा ७९ रनमा अल आउट भयो ।


इरानका ओपनर आमेर खोर्सन्दले २२ बलमा १ चौका र ५ छक्कासहित ३७ रन बनाए । साबेर इब्राहिमपुरले ४३ बलमा १ चौकासहित ११ रनमा नट आउट रहे । अन्य कुनैपनि इरानी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । इरानका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।


नेपालका दीपेश कँडेलले ७ ओभरमा ३ मेडनसहित ४ रन खर्चेर ३ विकेट लिए । सुवास भण्डारीले ८.५ ओभरमा ४ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिए । हेमन्त धामी र आकाश चन्दले दुई दुई विकेट लिए ।


त्यसअघि मलेसियाको वाइएसडी युकेएम ओभल बाँगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४०.१ ओभरमा ३ सय ५३ रनमा अल आउट भएको थियो । नेपालको जितमा कप्तान देव खनालले ६० बलमा १२ चौका र ४ छक्कासहित १ सय रनको शतकीय इनिङ खेलेका थिए ।


देव नेपालबाट यू१९ मा दुई शतक हान्ने पहिलो खेलाडी हुन् । उनले गत फागुमा आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय २५ रनको शतकीय इनिङ खेलेका थिए ।


ओपनर दीपक बोहरा ५९ बलमा ५ चौका र २ छक्कासहित ६५ रनमा आउट भए । नेपालको सुरुवात भने राम्रो थिएन । सुरुवाती १० रनमै दुई ब्याटर गुमाएको थियो । तर तेस्रो विकेटका लागि देव र दीपकले १ सय ६६ रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।


ओपनर अर्जुन कुमाल गोल्डेन डक र आकाश त्रिपाठी ३ रनमै आउट भएका थिए । विकेटकिपर दीपक प्रसाद डुम्रे ४४ बलमा ८ चौका र २ छक्कासहित ६९ रनमा आउट भए ।


दीपेश कंडेल २२ बलमा ३ चौका र१ छक्कासहित २९, दीपक बोहरा १ र मिलन बोहरा डक आउट भए । तीव्र गतिका बलर आकाश चन्द ११ बलमा ३ चौकासहित १९ रनमा आउट भए । हेमन्त धामी १९ बलमा २ चौका र १ छक्कासहित २३ र सुवास भण्डारी १८ रन बनाए ।


इरानका दद्रहमान राइसीले ९ ओभरमा ६७ रन खर्चेर ३ विकेट लिए । सलमान निज्मान्दले ८ ओभरमा ६२ रन खर्चेर ३ विकेट लिए । समान शेखी र जियाद राइसीले समान दुई विकेट लिएका थिए । प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आगामी डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन्

सुर्खेत:  आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...

थप पढ्नुहोस्

चितवन:  पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ ।  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...

थप पढ्नुहोस्

पोखरा:    फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ ।     उत्सवमा ३ वटा स...

थप पढ्नुहोस्