पोखरेली पत्रकार अकिञ्चनभाथि भएको अभद्र व्यवहारप्रति आपत्ति
पाेखरा | असोज २५, २०८०
पोखरा: पोखराका क्रियाशील पत्रकार फडिन्द्र अधिकारी ‘अकिञ्चन’लाई बुधबार पोखरा सभागृहमा समाचार संकलनको क्रममा भएको अभद्र व्यवहारप्रति विभिन्न संस्थाले आपत्ति जनाएको छ ।
उक्त घटनाको विषमा पत्रकार महासंघ गण्डकी प्रदेश, प्रेस चौतारी र प्रेस सेन्टरले विज्ञप्ती जारी गर्दै आपत्ति जनाएको हो ।
गोरखापत्र दैनिक र समाधान दैनिकका संवाददातासमेत रहेका अकिञ्चनलाई बुधबार सभागृहमा रिपोर्टिङको क्रममा क्रियटिभ ब्रोर्डकास्टिङ मिडिया प्लसका सञ्चालक मिलन प्रतीकले दुर्व्यवहार गरेका थिए ।
पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवको प्रमुख आतिथ्यतामा आयोजित सम्मान कार्यक्रममा सहभागी विद्यालयमा अध्ययनरत बालबालिकाको विषयमा जिज्ञासा राख्दा अधिकारीमाथि सञ्चालक प्रतीकले अभद्र व्यवहार गरेको बताइएको छ ।
सञ्चालक प्रतिकले ‘चिनेको छस् ? पूर्व राष्ट्रपति पूर्व मुख्यमन्त्री, मेयर मेरो कार्यक्रममा आउनुभएको छ । यो कार्यक्रमको गरिमा कति हो थाहा छ ?’ भन्दै गालीगलौज साथै धाकधम्की दिएका थिए ।
उक्त घटनापछि पत्रकार सम्बद्ध संघसंस्थाले प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षप भएको ठहर गर्दै मिलनलाई कानुनी कारवाहीको दायरामा ल्याइनुपर्ने माग छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

