जीप दुर्घटना हुँदा १ जनाकाे ज्यान गयाे
धादिङ | असोज २८, २०८०

धादिङ: धादिङमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
आज आइतवार धादिङबेसीबाट ताजिम्राङका लागि छुटेको जीप सातदोबाटोमा दुर्घटना हुँदा गंगाजमुना गाउँपालिका–२ का १६ वर्षका अनुरुप तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय गुम्दी स्वास्थ्य चौकीमा सातदोबाटोमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो । मे १ ज ख २६६९ नम्बरको जीप आज दिउँसो ग्रामीण कच्ची सडकमा पल्टिएर दुर्घटना भएको हो ।
पोखरा: सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट सम्पर्कविहीन भइ कास्कीको पोखरा महानगरपालिका– ३० गगनगौडामा भेटिएका उर्मिला हायूका परिवारलाई आफन्तको जिम्मा लगाइएको छ । पोखरा–३०...
हेटौंडा: बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री श्याम बहादुर खड्काले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री कार्यालयमा मंगलबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाएका हुन् । मुख्यमन्...
गण्डकी: सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थाकथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवारका सदस्यबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । उर्मिला सहित उहाँका परिवारक...