दुईदिनको छुट्टीमा डिपोले तेल नपाउँदा पोखराका केही पेट्रोल पम्प बन्द

प्रादेशिक कार्यालय भन्छ, अबको आधा-एक घण्टामा पेट्रोल बजार पुग्छ

पाेखरा | असोज २९, २०८०

दुईदिनको छुट्टीमा डिपोले तेल नपाउँदा पोखराका केही पेट्रोल पम्प बन्द Photo: Sabin Regmi

पोखरा:   नेपाल निगमले आजदेखि लागु हुने गरी पेट्रोल तथा डिजेलको मूल्यमा क्रमशः प्रतिलिटर रु ११ र ५ रुपैयाँ घटाएको थियो । 


पेट्रोल र डिजेलको मूल्य घटेको दिन नै पोखराको केही पेट्रोल पम्पहरुले पेट्रोल नभएको सूचना टाँस गरेर आधा सटर लगाएका छन् । पेट्रोल तथा डिजेलको मूल्य घटेको समयमा पम्प बन्द गरेको भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेको छ । 


नेपाल आयल निगम लिमिटेड गण्डकी प्रादेशिक कार्यालय पोखराका सूचना अधिकारी श्रीधर लामिछानेले भने दुईदिनको छुट्टीले डिपोबाट पेट्रोल पठाउन नपाउँदा पम्पहरुमा भएको मौञ्जाद सकिँदा बन्द भएको हुन सक्ने प्रतिक्रिया दिए । 


‘दुईदिनको लगातार बिदाले डिपोबाट पेट्रोल तथा डिजेल बजार तथा पम्पमा पठाउन सकिएको थिएन, अस्ती शनिबार, हिजो घटस्थापनाको छुट्टी थियो’, सूचना अधिकारी लामिछानेले भने, ‘पेट्रोल तथा डिजेल डिपोबाट पास हुँदै छन्, अबको एक, दुई घण्टाको सहज हुन्छ ।’


उनले पोखराका लागि १ लाख ८० हजार पेट्रोल बजारमा पठाउन लागेको बताए । ‘अबको आधा–एक घण्टामा पम्पमा पेट्रोल पुग्छ, पोखराका लागि १ लाख ८० हजार लिटर पेट्रोल पठाउँदै छौं’, उनले भने, ‘तनहुँ,  बागलुङ, स्याङ्जा, पर्वत र म्याग्दीमा ३ लाख लिटर पेट्रोल आजै पठाउँदै छौं, मूल्य घटेर होइन, पम्पमा मौञ्जाद सकिएकाले पम्प बन्द भएको हुन सक्छ ।’

बाँके:  बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका–५ गोरधुईस्थित राप्ती नदिमा फसेका तीन जनाको सकुशल उद्धार गरेको छ । गाईवस्तु चराउन गएका उनीहरु राप्ती नदिमा एक्कासी आएको बाढीका कारण नदिको बिच ट...

थप पढ्नुहोस्

मुस्ताङ: उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ ।  लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत ...

थप पढ्नुहोस्

पोखरा:  पोखराका पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ अर्पण गरिने भएको छ ।  नेपाल मगर पत्रकार संघका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय मौलिक कौराहा ...

थप पढ्नुहोस्