हिले बजारमा पाँच वर्षपछि सडक बत्ती

धनकुटा | कात्तिक ३, २०८०

हिले बजारमा पाँच वर्षपछि सडक बत्ती हिले बजारमा सडक बत्ती जडान गर्दै प्राविधिक । तस्बिर : कबिराज घिमिरे

हिले:  धनकुटाको व्यापारिक तथा पर्यटकीय नगरी हिले बजारमा सडक बत्ती जडान गरिएको छ ।

 

धनकुटा नगरपालिका–१ को सक्रियतामा धनकुटा नगरपालिका, वडा नम्बर १ को कार्यालय, हिले बजार व्यवस्थापन समिति, हिले ब्याडमिन्टन क्लबलगायत विभिन्न संघसस्थाको सहयोगमा सडक बत्ती जडान गरिएको हो ।

 

हिले बजारको दुई किलो मिटरको क्षेत्रमा करिब सात लाख ५० हजार रुपियाँको लागतमा एक सय बढी सडक बत्ती जडान गरिएको धनकुटा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष ओङ्दा तामाङले जानकारी दिनुभयो ।

 

धनकुटाको हिलेमा पाँच वर्ष यता सडक बत्ती जडान हुन सकेको थिएन । यो भन्दा पहिले जडान गरिएको सडक बत्ती पाँच वर्ष पहिले सडक विस्तार ढल निर्माणको क्रममा भत्काइएपछि  हिले बजार रातको समयमा अन्धकार हुँदै आएको थियो ।

म्याग्दी:  म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक तीन दिनदेखि अवरुद्ध छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिम...

थप पढ्नुहोस्

काठमाडौं:  बङ्गालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रही नेपालको मौसम प्रभावित भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा ...

थप पढ्नुहोस्

काठमाडौं:   आज हरिबोधिनी एकादशी । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको व्रत र पूजा गरी मनाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी...

थप पढ्नुहोस्