वरिष्ठ क्याप्टेन सेढाईंको अन्येष्टि
काठमाडाैं | कात्तिक ९, २०८०

काठमाडौं: मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी निधन हुनुभएका वरिष्ठ क्याप्टेन प्रकाशकुमार सेढाईंको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
गत असोज २७ गते सोलुखुम्बुको लुक्ला विमानस्थलबाट लोबुचका लागि उडेको हेलिकोप्टर अवतरणका क्रममा गम्भीर घाइते हुनुभएका क्याप्टेन सेढाईंको भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचारका क्रममा मङ्गलबार निधन भएको थियो । क्याप्टेन सेढाईंको पार्थिव शरीर आजै काठमाडौँ ल्याइएको मृतकका मामा एवं पूर्वजलस्रोत राज्यमन्त्री ठाकुरप्रसाद शर्माले जानकारी दिनुभयो । दुर्घटनामा घाइते सेढाईंको काठमाडौँमा उपचार हुन नसकेपछि भारत लगिएको थियो ।
क्याप्टेन सेढाईँको पत्नी, एक छोरा र एक छोरी हुनुहुन्छ । स्व सेढाईंलाई छोरा सौहार्द्रले दागबत्ती दिनुभयो । सो अवसरमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेता अर्जुननरसिंह केसी, नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री बुद्धिमान तामाङ, पूर्वमन्त्री शङ्कर कोइरालासहित धादिङबाट काठमाडौँ आई बसोबास गर्ने धादिङ्गबासी तथा हवाई उड्डयन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूको उल्लेख्य सङ्ख्यामा उपस्थिति थियो ।
विभिन्न एयरलाइन्स कम्पनीसँग आबद्ध भई करिब २५ वर्ष सेवा गर्नुभएका क्याप्टेन सेढाईं लामो समयदेखि मनाङ एयरलाइन्समा वरिष्ठ क्याप्टेनका रुपमा कार्यरत हुनुहुन्थ्यो । विशेषगरी पहाडी तथा हिमाली क्षेत्रबाट पर्यटक, तीर्थयात्री र बिरामीलाई हेलिकोप्टरमार्फत उद्धार गर्ने कार्यमा स्व सेढाईंको अतुलनीय योगदान रहेको मनाङ मनाङ एयरले जनाएको छ ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ। मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदै बिदामा कटौती गर्नेगरी...
काठमाडौं: देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ । मन्त्रालयका सचिव डा. विकास देव...