पोखरा महानगरको कृषि अभियान:  ‘बारीदेखि बजारसम्म, गोठदेखि ओठसम्म’

कास्की | असार ८, २०७९

पोखरा महानगरको कृषि अभियान:  ‘बारीदेखि बजारसम्म, गोठदेखि ओठसम्म’

पोखरा:  पोखरा महानगरपालिकाले कृषिजन्य उत्पादित  वस्तु तथा समाग्री संकलनका लागि कृषि एम्बुलेन्सको व्यवस्था गर्ने जनाएको छ । 

 

बुधबार पोखरा महानगरपालिकाको एघारौं नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषकले उत्पादन गरेको वस्तु तथा समाग्रीको बजारीकरणको लागि कृषि एम्बुलेन्स सेवा व्यवस्था गर्ने मेयर धनराज आचार्यले बताए । 

 

मेयर आचार्यले आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि उत्पादनको बजारीकरण, मूल्य श्रृंखला र भण्डारण सहयोगका लागि बारीदेखि बजारसम्मः गोठदेखि ओठसम्म अभियान सञ्चालन गर्ने उल्लेख गरे ।

 

महानगरले कृषि उपज संकलन केन्द्र, कृषि बजारमार्फत स्थानीय कृषि विक्री वितरण सुचिश्चित गर्ने र कृषि उपजको उचित मुल्य तथा बजार पहुुँचको लागि कृषि व्यवस्थापन प्रणाली सञ्चालन गर्ने बताए । 

 

महानगरले मुख्यमुख्य कृषि उपजको न्युनतम समर्थन मूल्य ग्यारेन्टी गरि कृषि उत्पादनमा लगानी गर्ने वातावरण सिर्जना गर्दै कृषि उपज संकलनका लागि कृषि एम्बुलेन्स व्यवस्था गरी निममित संकलनको व्यवस्था मिलाउने प्रस्ट पारे ।

 

यसैगरी महानगरले प्राकृतिक तथा अन्य कारणले बालीमा हुनसक्ने क्षति न्युनिकरणका लागि मौसम पूर्वानुमान सूचनाको व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

 

कृषकको प्रोत्साहानका लागि कृषि बीमामा जोड दिइएको छ भने जलवायु अनुकुलन खेती प्रविधिको प्रयोग तथा बालीमा हुने महामारीको पहिचान र नियन्त्रणमा सहयोग गर्ने समेत बताइएको छ । 

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्