बारामा प्रधानाध्यापकमाथि गोली प्रहार
बारा | कात्तिक १३, २०८०
सांकेतिक तस्वीर
बारा: बाराको कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ। प्रधानाध्यापक रुपेश सराफमाथि अज्ञात समूहले टाउको र छातीमा गोली हानेको प्रहरीले जनाएको छ।
बाल एकता बोर्डिङ स्कुलनजिकै मदर्सा टोलमा सराफमाथि गोली प्रहार भएको स्रोतको भनाइ छ। बारा प्रहरीका अनुसार सराफको टाउको र छातीमा गोली प्रहार गरिएको छ।
घटनास्थलमा प्रहरी पुगेको र गोली प्रहार गर्ने अज्ञात समूहको खोजी भइरहेको बारा प्रहरी प्रमुख सुरेश काफ्लेले जनाए।
पोखरा: शिव शक्ति क्याम्पस सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष टुवराज बास्तोला ‘विशाल’ ले शिव शक्तिमा पढ्ने विद्यार्थीलाई रोजगारीको ग्यारेन्टी हुने बताएका छन् । दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वा...
पोखरा: पर्यटकिय राजधानी पोखराको लेकसाइडमा अंग्रेजी नयाँ वर्षको अवसरमा जारी २७ औं संस्करणको पोखरा सडक महोत्सव अन्तर्गत दोश्रो दिन सोमबार वेटर÷वेट्रेस दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रत...
पोखरा: कमल थापाले पोखरामा जारी २२ औं माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा दोहोरो उपाधि जितेका छन् । थापाले ६५ वर्ष माथिको एकलतर्फ पोखराका पदम गुरुङलाई ४&...

