गोली लागेर घाइते भएका प्रधानाध्यापक सराफको उपचारको क्रममा निधन

बारा | कात्तिक १३, २०८०

गोली लागेर घाइते भएका प्रधानाध्यापक सराफको उपचारको क्रममा निधन

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको बाल एकता बोर्डिङ अज्ञात समूहको गोली लागेर घाइते भएका स्कुल सञ्चालक रुपेश सराफको उपचारको क्रममा निधन भएको छ।

 

मोटरसाइकलमा आएका नचिनेका मानिसको समूहले ३५ वर्षका सराफमाथि दुई राउन्ड गोली प्रहार गरेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । गोली लागेका सराफको वीरगञ्जमा रहेको बयोदा सिटी अस्पतालमा पुर्‍याएको केहीबेरमै ज्यान गएको हो । उहाँको घाँटी र छातीमा गोली लागेको अस्पतालले जनाएको छ ।

 

बजार क्षेत्रमा मोटरसाइकलमा यात्रा गरिरहेकै बेला सराफमाथि गोली प्रहार भएको हो । घटनास्थल प्रहरी चौकीबाट नजिकै पर्छ । गोली हान्ने व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्