नागरिक एपमा भएको ‘लाइसेन्स’ ट्राफिक प्रहरीलाई मान्य
काठमाडाैं | कात्तिक १३, २०८०
काठमाडौं: नागरिक एपबाटै देखाएको सवारी चालक अनुमति पत्रलाई समेत ट्राफिक प्रहरीले मान्यता दिने भएको छ।
सोमबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै नागरिक एपले यो सेवा देशैभर लागू भएको जानकारी दिएको हो।
मन्त्रिपरिषद्को निर्णय अनुसार नागरिक एपमा चालकले अन्तरआवद्ध गरेको सवारी चालक अनुमति पत्रलाई चेकजाँचका क्रममा मान्यता दिन थालिएको राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ।
नागरिक एपले ट्राफिक नियम उल्लङ्घन नगरी सवारी चलाउँदाको हकमा मात्र नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्र मान्यता हुने बताएको छ।
‘ट्राफिक नियम उल्लङ्घन नगरी सवारी चलाउँदाको हकमा मात्र नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्र मान्य हुन्छ। चेकजाँचका क्रममा कारबाही परे एपबाट देखाइएको लाइसेन्सले काम गर्दैन।’ नागरिक एपका कम्प्युटर इन्जिनियर प्रवीण चौहानले भने।
नागरिक एपले नागरिक एपमा सवारी चालक अनुमति पत्र लिंक गर्न चालकहरुलाई अनुरोध समेत गरेको छ।
पोखरा: शिव शक्ति क्याम्पस सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष टुवराज बास्तोला ‘विशाल’ ले शिव शक्तिमा पढ्ने विद्यार्थीलाई रोजगारीको ग्यारेन्टी हुने बताएका छन् । दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वा...
पोखरा: पर्यटकिय राजधानी पोखराको लेकसाइडमा अंग्रेजी नयाँ वर्षको अवसरमा जारी २७ औं संस्करणको पोखरा सडक महोत्सव अन्तर्गत दोश्रो दिन सोमबार वेटर÷वेट्रेस दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रत...
पोखरा: कमल थापाले पोखरामा जारी २२ औं माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा दोहोरो उपाधि जितेका छन् । थापाले ६५ वर्ष माथिको एकलतर्फ पोखराका पदम गुरुङलाई ४&...

