कांग्रेसले फेरि सार्यो महासमिति बैठक
काठमाडाैं | कात्तिक २१, २०८०

नेपाली कांग्रेसले महासमिति बैठक फेरि सारेको छ।
मंगलबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पुस १६ गते उद्घाटन गर्ने गरी महासमिति बैठकको नयाँ मिति तोकिएको जानकारी गराएका छन्।
सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा गत आइतबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले पुस २९, ३० र पुस १ र २ गते महासमिति बैठक गर्ने निर्णय गरेको थियो।
त्यसअघि मंसिर १३ गतेदेखि १५ गतेसम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिबाट निर्णय भएको थियो। ‘राष्ट्रिय मेलमिलाप दिवस पुस १६ गते उद्घाटन गर्ने गरी महासमिति बैठक तोकिएको छ,’ प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘ललितपुरको गोदावरीस्थित हलमा बैठक हुन्छ।’
पोखरा: रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले आफ्नो स्थापनाको २५ औं वर्ष प्रवेशको सन्दर्भ तथा २१२ औं भानु जयन्तीको अवसरमा शनिबार पोखरामा “सम्झनामा आदिकवि” विशेष कविता वाचन गरेको छ । का...
पोखरा: पोखराको नदिपुरमा सम्पन्न भएको क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको क्लबतस्तरीयतर्फ आधिखोला न्यु दिल्ली र भेट्रान्सतर्फको उपाधि पोखरा भेट्रान्सले जितेको छ । लामा अमृत फाउण्डेशन ...
पोखरा: कास्कीको पोखरा महानगरपालिकाले ‘घरघरमा स्वास्थ्य कार्यक्रम’अन्तर्गत ११ हजार आठ सय ६२ जनालाई नसर्ने रोगको निःशुल्क स्क्रिनिङ तथा परामर्श सेवा प्रदान गरेको छ । यही असार १ गतेदेखि महान...