माओवादी गण्डकीका सांसदले एक हप्ताको पारिश्रमिक भूकम्प पीडितलाई सहयोग गर्ने
पाेखरा | कात्तिक २१, २०८०
पोखरा: नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको संसदीय दलको तर्फबाट प्रदेश सांसदहरुको एक हप्ताको पारिश्रमिक भूकम्प पीडित राहत कोषमा सहयोग गर्ने भएको छ ।
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका संसदीय दलका प्रमुख सचेतक कुसुम बुढा पुनले सांसदको एक हप्ताको पारिश्रमिक रकम भूकम्प पीडित राहत कोषमा जम्मा गर्ने निर्णय भएको बताईन् ।
यस्तै भूकम्प पीडितका लागि नेपाली कांग्रेस गण्डकी प्रदेशका सांसदहरुले १५ दिनको तलव सहयोग गर्ने भएको छ । नेकपा माओवादी केन्द्र र एमालेका सांसदहरुले एक÷एक हप्ताको पारिश्रमिक भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय गरेका हुन् ।
६० सदस्य गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेको २२, माओवादी केन्द्रको सभामुख बाहेक ७,राप्रपाको २ सांसद र स्वतन्त्र निर्वाचित हाल एकिकृत समाजवादी प्रवेश गरेका एक जना सांसद रहेका छन् । कात्तिक १७ गते शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प जाँदा ठूलो क्षति भएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

