आइएसएमटी कलेजले भूकम्प प्रभावितलाई ५ लाख सहयोग गर्ने

पाेखरा | कात्तिक २१, २०८०

आइएसएमटी कलेजले भूकम्प प्रभावितलाई ५ लाख सहयोग गर्ने

पोखरा:   बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आइएसएमटी कलेजले भूकम्प पीडित लागि ५ लाख आर्थिक सहयोग गर्ने भएको छ । 

 

भूकम्प पीडितहरुकालागि सहयोगको भावना जागृत गराउने उद्देश्यसहित सामाजिक उत्तरदायित्व अन्तरगत ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

 

गएको कात्तिक १७ गते शुक्रबार मध्यरातमा गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा धनजनको क्षति भएको थियो । 

 

अहिले सो क्षेत्रका लागि देशभरबाट राहातहरु जुटिरहेको छ भने उद्धारमापनि सुरक्षाकर्मीहरुसँगै निजी क्षेत्रका व्यक्तिहरु खटिरहेका छन् । 
 

 

यसैबीच सामाजिक उत्तरदायित्व बहन गर्दै आइएसएमटी कलेजले भूकम्प प्रभावितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको कलेजका अध्यक्ष योगश उप्रेतीले बताए । 

 

‘गएको शुक्रबार मध्यरात गएको भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएको छ’, अध्यक्ष उप्रेतीले भने, ‘विपद्को समयमा पीडितसमक्ष सहयोग पुर्‍याउन प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेका छौं ।’

 

कलेजले भूकम्पमा परी मृत्यु भएकाहरुप्रति हाद्धिक श्रन्दाजली व्यक्त गर्दै घाइते भएकाहरुको स्वास्थ्य लाभको कामनासमेत गरेको छ । 

 

बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आइएसएमटी कलेजले हाल काठमाडौं, चितवन, पोखरा, बुटवल र विराटनगरमा कलेज सञ्चालन गरिरहेको छ ।

 

आइएसएमटी कलेज पोखराले यस वर्षदेखि बिएचएम कार्यक्रमपनि थप गरेको छ ।


 

पोखरा:  नेपाली कांग्रेसमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले यही २७ र २८ पुसका लागि आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी हुन कास्की कांग्रेसले अपिल गरेको छ ।  यही २७ र २८ पुसका लागि म...

थप पढ्नुहोस्

बागलुङ:  नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाको आयोजनामा आगामी चैत २० र २१ गते ‘बागलुङ मिडिया मेला’ हुने भएको छ ।  शाखाले आफ्नो रजत वर्षका अवसरमा पहिलोपटक जिल्लामा मिडिया मेलाको...

थप पढ्नुहोस्

गण्डकी:  कास्कीको रुपा गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरी लसुन र प्याजको व्यावसायिक खेती गरिरहेको छ । पालिकाले यस वर्ष एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य राखेको छ । अघिल्लो वर्...

थप पढ्नुहोस्