अभिनेता प्रकाश घिमिरे अस्पतालबाट डिस्चार्ज

पाेखरा | कात्तिक २३, २०८०

अभिनेता प्रकाश घिमिरे अस्पतालबाट डिस्चार्ज तस्बिर फाइल

पोखरा:    पोखरामा घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका अभिनेता प्रकाश घिमिरे डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार आएपछि उनलाई बुधबार अस्पतालबाट डिस्चार्ज गरिएको मणिपाल शिक्षण अस्पतालले जनाएको छ । 


अस्पतालका अनुसार एक साताको अन्तरमा फलोअपमा आउने गरेर डिस्चार्ज गरिएको हो । घिमिरेको स्वास्थ्यमा सुधार आएको र टाउकोमा लागेको चोटमा पनि सुधार आएको अस्पतालले जनाएको छ । 


करङ भाँचिएर फोक्सोमा लागेको चोट र मेरुदण्डमा लागेको चोट पनि निको हुँदै गएको णिपाल शिक्षण अस्पतालका निर्देशक अभिषेक मास्केले बताए । आफ्नो स्वास्थ्यमा चाँडो सुधार आएपछि घिमिरेले शुभचिन्तक सबैलाई धन्यवादसमेत दिएका छन् ।

पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-     ...

थप पढ्नुहोस्

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्