आगलागीमा परेर आमा छोराको मृत्यु
तनहुँ | कात्तिक २६, २०८०
सांकेतिक तस्वीर
गोरखा: गोरखामा आगलागीमा परेर दुई जनाको मृत्यु भएको छ ।
धार्चे गाउँपालिका वडा नम्बर १ केरौंजास्थित हुल्चुकमा आगलागीमा परेर आमा छोराको मृत्यु भएको हो।
७८ वर्षीया कान्छी गुरूङ र उनका छोरा ५३ वर्षीय चनारसिंङ गुरूङको आगलागीमा परेर मृत्यु भएको वडाध्यक्ष राम सिंङ गुरूङले सेतोपाटीलाई बताए।
शनिबार बेलुकी करिब १० बजेतिर कान्छीको घर आगलागी भएको थियो।
‘अगेनामा आगो बालेर सुतेका कारण घर जलेको हुन सक्ने अनुमान गरिएको छ,’ उनले भने, ‘दुवैको शव घरभित्रै फेला परेको छ।’
घटनास्थलमा प्रहरीहरू पुगिसकेको उनले बताए। आगलागीले घर पूर्ण रूपमा क्षति भएको छ।
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...
पोखरा: दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...
काठमाडौं: विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ । अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका ला...

