पोखरामा १६ औं भाइटिका महोत्सव, ६८ विदेशीले लगाए टिका (तस्बिरहरु)
पाेखरा | कात्तिक २९, २०८०

पोखरा: होटल संघ पोखराले पोखरामा १६ औं भाइटिका महोत्सव मनाएको छ ।
दिदिभाइको सम्बन्धको महत्व प्रष्ट्याउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित भाइटिका महोत्सव मनाएको हो ।
संस्थाका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार १५ राष्ट्रका ६८ पर्यटकले भाइटिका ग्रहण गरेका थिए ।
उनले अमेरिका, अष्ट्रेलिया, चीन, हल्याण्ड, जर्मनी, फ्रान्स, स्पेन, बुलगेरिया, स्पेन, स्वीटजरल्याण्ड, बेलायत, ब्राजिल लगायत देशका नागरिकहरु महोत्सवमा टिका लगाएको जानकारी दिए ।
भाइटिका र ट्रेकिङ जाने समय एउटै सिजनमा हुने भएकाले यसपटक पर्यटकको सँख्या वृद्धि भएको सुवेदीले बताए ।
उनका अनुसार ति पर्यटकहरुलाई रेन्वो चिल्ड्रन होमका बालिकाहरुले टिका लगाइदिएका थिए ।
पर्यटकलाई उनीहरुले नेपाली परम्परा अनुसार टिका लगाएर उपहार दिएका थिए भने पर्यटकले पनि बालिकाहरुलाई उपहार स्वरुप दक्षिणा दिएका थिए ।
हेर्नुहोस् तस्बिर:
पोखरा: रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले आफ्नो स्थापनाको २५ औं वर्ष प्रवेशको सन्दर्भ तथा २१२ औं भानु जयन्तीको अवसरमा शनिबार पोखरामा “सम्झनामा आदिकवि” विशेष कविता वाचन गरेको छ । का...
पोखरा: पोखराको नदिपुरमा सम्पन्न भएको क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको क्लबतस्तरीयतर्फ आधिखोला न्यु दिल्ली र भेट्रान्सतर्फको उपाधि पोखरा भेट्रान्सले जितेको छ । लामा अमृत फाउण्डेशन ...
पोखरा: कास्कीको पोखरा महानगरपालिकाले ‘घरघरमा स्वास्थ्य कार्यक्रम’अन्तर्गत ११ हजार आठ सय ६२ जनालाई नसर्ने रोगको निःशुल्क स्क्रिनिङ तथा परामर्श सेवा प्रदान गरेको छ । यही असार १ गतेदेखि महान...