कावासोतीमा ट्रकको ठक्करबाट श्रेष्ठको मृत्यु
नवलपुर | मंसिर ५, २०८०
नवलपुर: नवलपुरको कावासोती नगरपालिका – १६ पूर्व–पश्चिम राजमार्गमा आज बिहान ट्रक र कार एक आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा दुई जना घाइते भएका छन् ।
जिल्लाको कावासोती नगरपालिका –१६, पत्थर खोला नजिक पूर्व पश्चिम राजमार्गमा लु २ ख ५८०५ नम्बरको ट्रक र लु ३ च १०२४ नम्बरको कार एक आपसमा ठोक्किँका हुन् ।
दुर्घटनामा कार चालक रुपन्देही शिद्धार्थ नगरपालिका –८, का ५९ वर्षीय हरिसचन्द्रमान श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनामा परि घाइते श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले बताउनुभयो ।
उक्त दुर्घटना हुँदा कारमा सवार सर्लाही चन्द्रनगर गाउँपालिका –८ ,बस्ने २८ वर्षीय सरोज कुमार शाह र २१ वर्षीय सरस्वती शाह घाइते भएका छन् । दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

