केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको तयारी पूरा
प्रतियोगिताको उद्घाटन एमाले अध्यक्ष ओलीले गर्ने
पाेखरा | मंसिर ५, २०८०
पोखरा: मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरामा मंसिर ७ गतेदेखि सञ्चालन हुने केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष धुव्र आचार्यले पोखरामा मंसिर ७ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको बताए ।
‘एकेडेमीको आयोजनामा पोखरामा मंसिर ७ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ’, अध्यक्ष आचार्यले भने, ‘प्रतियोगिताको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी ओलीले गर्ने कार्यक्रम तय भएको छ ।’
पोखरा रंगशालामा मंसिर ७ देखि १५ गतेसम्म सञ्चालन हुने केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सात प्रदेशका सात टिम,विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, नेपाल एपिएफ क्लब र मदन भण्डारी स्पोर्टस एकेडेमीका २ टिम गरी १२ समूहको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने, आईसिसीको नियम अनुसार सञ्चालन हुने टी–२० क्रिकेट प्रतियोगिताको म्यान अफ द सिरिजले ३० हजार, बेस्ट ब्याटर र बलरले जनही २०/२० हजार र म्यान अफ द म्याच घोषित खेलाडीले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिता सम्पन्न गर्न करिव ७७ लाख खर्च लाग्ने अनुुमान गरिएको मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष आचार्यले बताए ।
उनले एकेडेमीले हरेक वर्ष विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएकाले क्रिकेट प्रतियोगिताले कतिकति वर्षमा सञ्चालन गर्ने यो प्रतियोगिता सम्पन्न भएपछि छलफल गर्ने बताएका छन् ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

