केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको तयारी पूरा

प्रतियोगिताको उद्घाटन एमाले अध्यक्ष ओलीले गर्ने

पाेखरा | मंसिर ५, २०८०

केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको तयारी पूरा

पोखरा:   मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरामा मंसिर ७ गतेदेखि सञ्चालन हुने केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । 


मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष धुव्र आचार्यले पोखरामा मंसिर ७ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको बताए ।


‘एकेडेमीको आयोजनामा पोखरामा मंसिर ७ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ’, अध्यक्ष आचार्यले भने, ‘प्रतियोगिताको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी ओलीले गर्ने कार्यक्रम तय भएको छ ।’


पोखरा रंगशालामा मंसिर ७ देखि १५ गतेसम्म सञ्चालन हुने केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सात प्रदेशका सात टिम,विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, नेपाल एपिएफ क्लब र मदन भण्डारी स्पोर्टस एकेडेमीका २ टिम गरी १२ समूहको सहभागिता रहने आयोजकले जनाएको छ । 


प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने, आईसिसीको नियम अनुसार सञ्चालन हुने टी–२० क्रिकेट प्रतियोगिताको म्यान अफ द सिरिजले ३० हजार, बेस्ट ब्याटर र बलरले जनही २०/२० हजार र म्यान अफ द म्याच घोषित खेलाडीले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 


प्रतियोगिता सम्पन्न गर्न करिव ७७ लाख खर्च लाग्ने अनुुमान गरिएको मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष आचार्यले बताए । 


उनले एकेडेमीले हरेक वर्ष विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएकाले क्रिकेट प्रतियोगिताले कतिकति वर्षमा सञ्चालन गर्ने यो प्रतियोगिता सम्पन्न भएपछि छलफल गर्ने बताएका छन् । 

पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।   पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...

थप पढ्नुहोस्

पोखरा ।     हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ ।    संस्थाले आफ्नो स्थापना...

थप पढ्नुहोस्

पोखरा:  घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ ।    अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा पछिल्लो ४ दिनमा मात्रै करिब १० हजार भन्दा बढी पर्यटक ...

थप पढ्नुहोस्