चिसापानीको जुवाखालमा कास्की प्रहरीले छापा मार्न जाँदा २४ राउण्ड गोलिसहित हर्नेट बरामद
१६ थान कौडासहित ६ जना प्रकाउ
पाेखरा | मंसिर ७, २०८०
पोखरा: पोखराको चिसाखोला स्थित एकघरमा जुवा (कौँडां) खेलिरहेको स्थानमा प्रहरीले छापा मार्न जाँदा एकथान हर्नेटसहित २४ राउण्ड गोलि र ६ जना जुवाडेलाई प्रकाउ गरेको छ ।
पोखरा महानगरपालिका २२ चिसाखोला स्थित भेष बहादुर गुरुङको आँगनमा जुवा (कौँडा) खेलिरहेको अवस्थामा १६ थान कौँडा, ८२ हजार ८ सय २५ रुपैयाँ र जिन्सीसहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले प्रकाउ गरेको हो ।
गुरुङलाई नियन्त्रणमा लिएर घर खानतलासी गर्दा कोठामा लुकाई छिपाई राखेको (लाईसेन्स नभएको)पइन्ट २२ हर्नेट र २४ राउण्ड गोली र एकथान म्यागजिन बरामद गरेको कास्की प्रहरीले जनाएको छ ।
अहिले थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

