केपी ओली कप टी–२० क्रिकेट: गण्डकी प्रदेश ४ विकेटले विजयी
पाेखरा | मंसिर ८, २०८०

पोखरा: पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले नेपाल एपिएफ क्लबलाई ४ विकेटले पराजित गरेको छ ।
जितको लागि १ सय २ रनको सामान्य विजयी लक्ष्य पछ्याएको गण्डकीले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । गण्डकीको जितमा मुस्कान थापाले २३ बलमा ४ चौकासहित सर्वाधिक २५ रन बनाए ।
दिनेश बुढामगरले ३३ बलमा २ चौका र १ छ क्कासहित २५, गौरव विक र अभिषेक थापाले ११/११ रन बनाए । विजयी छक्का हानेका अमृता गुरुङ , रनमा नट आउट रहे ।
एपीएफका अभिनाश बोहराले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । इर्शद अहमद, अमर रौटेला र अरुण ऎरिले १/१ विकेट लिए ।
त्यसअघि पोखरा क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफ १८.४ ओभरमा १ सय १ रनमा अल आउट भएको थियो ।
एपीएफका कप्तान प्रदीप ऎरि २३ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २० रन बनाएका थिए । आसिफ शेख १२, सन्दिप जोरा डक, लोकेश बम १२, भुवन कार्की र सुमित महर्जन १४/१४ रनमा आउट भए । अरुण ऎरि र अमर रौटेलाले ५/५ रन वनाए ।
गण्डकीका बिपिन खत्री, अमृत गुरुङ, चन्द्रकान्त पौडेल र कमल परियारले २÷२ विकेट लिए । दिनेश बुढामगर र सुदिप अर्यालले १/१ विकेट लिए । समूह बि मा रहेको गन्डकीले आइतबार लुम्बिनीसग खेल्नेछ । उक्त खेलमा विजयी भएमा गण्डकी सेमिफाइनल खेल्नेछ ।
अन्यथा नेटरनरेटमा भर पर्नेछ । समूह ए बाट बागमती सेमिफाइनलमा पुगि सकेकोछ । समूह सि मा नेपाल पुलिस क्लब, मदेश र सुदुरपश्चिम प्रदेश छन् । समूह डि मा आर्मी, कोशी र मदन भन्डारी स्पोर्ट्स एकेडेमी ब्लु छन् ।
बागमतीले सेमिफाइनलमा समुह डि को विजेतासँग खेल्नेछ । अर्को सेमिफाइनलमा समूह बि र सि का विजेता खेल्नेछन् ।
पोखरा: पोखरामा जारी एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) मा लुम्बिनी लाभाजले पहिलो जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको दोस्रो खेलमा घरेलु टोली पोखरा निन्जाजलाई &...
पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मानव बेचबिखन नेपालको लागि गम्भीर समस्या भएको र यसविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अख्तियार गरेको बताएक...
पोखरा: पोखरामा जारी एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा काठमाडौं स्पाईकर्सले पहिलो जित दर्ता गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको खेलमा काठमाडौंले मधेश युनाइट...