पोखरामा जे-३० टेनिस खेल्न विभिन्न राष्ट्रका सय बढि खेलाडी

पाेखरा | मंसिर ८, २०८०

पोखरामा जे-३० टेनिस खेल्न विभिन्न राष्ट्रका सय बढि खेलाडी

पोखरा:   कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा शनिबारदेखि आइटीएफ वल्र्ड टेनिस टुर जे–३० पोखरा हुने भएको छ । दुई साता सम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ क्वालिफाइङ्ग र मेन ड्र गरि ६४ खेलाडीको सहभागिता रहने बताइएको छ । त्यसैगरि महिलातर्फ विभिन्न राष्ट्रका ४७ खेलाडीको सहभागिता रहने आयोजक संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।


पुरुषतर्फ भारतबाट ४४, रसियाबाट १, अमेरिकाबाट २, जापानबाट ४, नेपालबाट १०, क्यानडाबाट १, चाइनाबाट १ र श्रीलंकाबाट १ जना खेलाडीले भाग लिनेछन् । महिलातर्फ जापानबाट १, थाइल्याण्डबाट १ जना, अमेरिकाबाट १ जना, भारतबाट ३० जना, नर्वेवाट १ जना, काजकिस्तानबाट १ जना र नेपालबाट ७ जना खेलाडीले भाग लिने प्रतियोगितामा भाग लिने सो अवसरमा जानकारी दिइयो ।


प्रतियोगितामा विजेता खेलाडीले ३० अंक, उपविजेताले १८, सेमिफाइनलिष्टले ९, क्वाटरफाइनलिष्टले ५ र राउण्ट अफ सिक्टिनमा पुग्नेले आइटीएफको २ अंक पाउने टेक्निकल डाइरेक्टर अजय विष्टले बताए । आयोजक कास्कीले यसअघि आइटीएफका विभिन्न प्रतियोगिताहरु आयोजना गर्दै पोखराको खेल पर्यटन विकासमा महत्पूर्ण योगदान पु¥याएको संघ कास्कीका अध्यक्ष लोक गुरुङ्गले बताए । खेलाडी, प्रशिक्षक तथा अभिभावक सहित झण्डै ३ सय जना पाहुना २ साताका लागि पोखरा बस्ने गुरुङ्गले जनाए ।


एउटै प्रतियोगिता सम्पन्न गर्न झण्डै २० लाख खर्च लाग्ने गरेको संघ कास्कीका अध्यक्ष अनुजकुमार बाँस्तोलाको भनाई थियो । यसपटकको प्रतियोगिता सम्पन्न गर्न पनि झण्डै २५ लाख खर्चको अनुमान रहेको उनले बताए । नेपाल पर्यटन बोर्ड, प्रदेश सरकार, पोखरा महानगर लगायत विभिन्न सहयोगीहरुबाट सहयोगको अपेक्षा राखिएको बाँस्तोलाले पत्रकार सम्मेलनमा बताए ।


नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्र्दै सञ्चार क्षेत्रबाट सहयोग रहने बताए । 
 

गलकोट:  निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् ।  निमार्णा...

थप पढ्नुहोस्

पोखरा:   डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ ।  ...

थप पढ्नुहोस्

काठमाडौं:   गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु। ७०० ले बढेको छ भने चाँदी प्रतितोला रु। पा...

थप पढ्नुहोस्