जाने होइन त गन्धर्व नाटकघर ? मञ्चन भइरहेछ ‘एक चिहान’
पाेखरा | मंसिर १२, २०८०
पोखरा: पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ को अनिवार्य नेपाली पुस्तकमा एउटा उपन्यास समावेश गरेको छ, ‘एक चिहान’ ।
पढेर आनन्दित हुनेहरुले अब दृश्य हेरेर धुरुधुरु रुन र खित्का छाडेरै हाँस्न पाइने भएको छ ।
साहित्यकार हृदय चन्द्र सिंह प्रधानद्वारा लिखित ‘एक चिहान’ को औपचारिक मञ्चन आज (मंगलबार) बाट थालिएको छ ।
निर्देशक परिवर्तनका अनुसार विद्यार्थीहरुका लागि अध्ययनमा सघाउ पुग्ने उद्देश्यसहित नाटक मञ्चन थालिएको हो ।

आगामी पौष ६ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा विद्यालयहरुको बुकिङका आधारमा निरन्तर मञ्चन हुने निर्देशक परिवर्तनले जानकारी दिए ।
यद्यपी अन्य दर्शकहरुलेपनि व्यक्तिगत रुपमा तिनै शोमा नाटक हेर्न पाउँनेछन् ।
नाटक शनिबार बाहेक बिहान ८ बजे, साढे १० बजे र दिउँसो साढे १२ बजे मञ्चन नाटक मञ्चन हुनेछ । करिब १ डेढ घण्टा अवधिको उक्त नाटकमा गरीब, किसान र मजदुरको जीवनीलाई प्रत्यक्ष नियाल्न पाइन्छ ।
यथार्थवादी एक चिहान नाटक गरिबीको परिवेशमा साढे १ घण्टा घुम्छ । जसलाई रोचक बनाउन हाँस्यव्यङ्ग्य र प्रेमकथालाई पनि स्थान दिइएको छ ।
सुक्कसुक्क रुनेहरुलाई डाक्टरको क्यारेक्टरले खित्का छाड्न बाध्य तुल्याउँछ ।

विशेषगरी नेवारी समुदायको पारिवारिक परिवेशमा घुमिरहने नाटकमा जनक पराजुली, रोशनी रामदाम, रविन्द मल्ल, उमा पुन, गोपाल भुसाल, रञ्जु दाहाल, सुसन पौडेल, मिलन श्रेष्ठ, दिप्सना विश्वकर्मा, धनकाजी श्रेष्ठ, प्रतिक घिमिरे, शुशिल बराल, रोहित पौडेल, प्रथम श्रेष्ठ, रमेशबाबु तिमल्सिना, सोनिया कार्की खत्री, अनुषा परियार लगायतको अभिनय हेर्न पाइन्छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

