राष्ट्रिय माध्यमिक विद्यालयले हीरक महोत्सव मनाउँदै
पाेखरा | मंसिर १२, २०८०
पोखरा: पोखरा महानगरपालिका–१ टुडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले मंसिर २० गते प्रभातफेरी ¥यालीसहित हीरक महोत्सव मनाउने भएको छ ।
विं.स. २००६सालमा पब्लिक मिडिल स्कुलको नाममा स्थापना भएको राष्ट्रिय माविले मंसिर २० गते हीरक महोत्सव मनाउन लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणाले बताए ।
‘राष्ट्रिय माविको स्थापना वि.स.२००६ साल मंसिर २० गते हालको पोखरा महानगर–३ नारायणस्थान नदीपुरमा पव्लिक मिडिल स्कुलबाट भएको थियो’, अध्यक्ष राणाले भने, ‘यो वर्षलाई हामीले हीरक महोत्सवको रुपमा मनाउँदै छौं ।’
व्यवस्थापन समितिका अध्यक्ष राणाले २००६ सालमा विद्यालयको शिलान्यास भएको स्थानबाट राष्ट्रिय माविको प्रांगणसम्म प्रभातफेरी ¥याली निकाल्ने समेत बताए ।
राष्ट्रिय माविले हीरक महोत्सव मनाउन विद्यालय व्यवस्थापनसमितिका अध्यक्षको अध्यक्षतामा १००१ सदस्य मूल आयोजक समिति, ४१ सदस्यीय कार्य सम्पादन समिति, १५ सदस्यीय उचित मार्ग दर्शनका लागि सल्लाहकार समिति चयन गरिएको छ ।
हीरक महोत्सवमा करिव ६० लाख आम्दानी, ५० लाख खर्च हुने अनुमान गरिएको विद्यालयका प्रधानाध्यापक इश्वरी प्रसाद सापकोटाले बताए ।
विद्यालयमा ४९ जिल्लाका करिव १ हजार ५ सय विद्यार्थीहरु अध्ययरत रहेको बताइएको छ भने, ५७ जना शिक्षक कर्मचारी कार्यरत रहेको विद्यालयले जनाएको छ ।
सङ्खुवासभा: सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् । चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १&n...
पोखरा: १४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । समापन समा...
काठमाडौंः आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । आज राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो । कहाँ को विजयी भए हेर्नुहो...

