आदर्श क्लवको रक्तदानमा ७४ युनिट रगत संकलन

पाेखरा | मंसिर १४, २०८०

आदर्श क्लवको रक्तदानमा ७४ युनिट रगत संकलन

रक्तदान जीवनदान भन्ने नाराका  साथ पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकमा रहेको आदर्श युवा क्लवले  राखेको रक्तदानमा ७४ युनिट रगत संकलन भएको छ ।


क्लवका अध्यक्ष  पदम गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा २९ का वडाध्यक्ष  श्रीप्रसाद गुरुङ्गले पहिलो रक्तदाता खेलाडी रोशन पौडेललाई बल्ड ब्याग हस्तान्तरण गर्दै  समाजमा सकारात्मक सन्देश दिने गरी मानिसको शरीरबाट तीन ÷तीन महिनामा खेर जाने रगतलाई रक्तदान कार्यक्रम मार्फत संकलनु गर्नु राम्रो र उदाहरणीय काम भएको धारणा राखेका थिए ।


क्लवको २६औं वार्षिकोत्सव तथा २४ औं रक्तदानका अवसरमा शुभकामना मन्तव्य राख्दै क्लवका संस्थापक अध्यक्ष समेत रहेका पोखरा महानगरपालिका वडा नं २९ का निवर्तमान वडाध्यक्ष चेतबहाुर गुरुङ्ग, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, दीपशिखा सामुदायिक पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारी,ङयोए तमुधिं लेखनाथका अध्यक्ष मेजर रामप्रसाद गुरुङ्ग,  भण्डारढिक टोल विकास संस्था,जनप्रकाश टोल विकास संस्था, सिद्धार्थ बुद्ध टोल विकास संस्थाका अध्यक्षहरु लगायतले रक्तदानको महत्ववारे बोलेका थिए ।


रक्त सञ्चार केन्द्र पोखराका शाखा अधिकृत महेन्द्र केसी नेतृत्वको टोलीले प्राविधिक सहयोग गरेको रक्तदान कार्यक्रममा संयोजक लक्ष्मण सुनारले स्वागत तथा सञ्चालन सदस्य सन्तोष गुरुङ्गले गरेका थिए । र

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्