पोखराको शिवटोलबाट गएराती ५ जना जुवाडे पक्राउ
पाेखरा | मंसिर १४, २०८०
पोखरा: कास्की प्रहरीले गएराती ५ जनालाई जुवाखालबाट पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा पोखरा महानगरपालिका–९ शिवटोल बस्ने ३७ वर्षीय गीता लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासहित ५ जनालाई गएराती पक्राउ गरिएको कास्की प्रहरीले बताएको छ ।
उनीहरूको साथबाट नगद रु २९ हजार ३ सय ४० रूपैयाँ र तास बरामद गरेको छ ।
सो विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

