कन्दरा लाइभ कन्सर्ट पुस २७ गते हुने
पाेखरा | मंसिर १५, २०८०
पोखरा: कन्दरा साँगीतिक अभियान–२०८० को पहिलो लाइभ कन्सर्ट पुस २७ गते शुक्रबार पोखरा प्रदर्शनी केन्द्रमा हुने भएको छ ।
पोखरा पर्यटन परिषद्को आयोजनामा हुने कन्दरा साँगीतिक अभियान कार्यक्रमस्थल उपलब्ध नभएका कारण सार्नु परेको परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । ‘पहिला घरदेश अनि परदेश’ गीतसङ्गीत मार्फत् सन्देश प्रवाह गर्ने मूल उद्घोषका साथ आन्तरिक पर्यटन प्रवद्र्धन र पर्यटकलाई प्रोत्साहन गर्न अभियान थालिएको श्रेष्ठको भनाइ छ ।
कन्दरा व्याण्डको व्यवस्थापक आदि गु्रपका प्रबन्ध निर्देशक आशिष पराजुलीले कन्दरा साँगीतिक अभियानको सम्पूर्ण व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेकाले कन्दरा लाइभ कन्सर्ट भव्य र विशिष्ट हुने विश्वास दिलाएका छन् ।
गायक विवेक श्रेष्ठले भने पर्यटनको राजधानी पोखरामा नै बसेर कलाकारसँग रियाज गरिरहेको छु, ३० वर्ष पहिले पोखराबाटै स्थापना भएको कन्दरा पुनर्संरचनापछि पर्यटन प्रवद्र्धनका लागि सन्देशमुलक अभियानमा जोडिन पाउँदा उत्साहित भएको जनाए ।
गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठान, नेपाल पर्यटन बोर्डले मुलुकका सातै प्रदेशमा गरिने साँगीतिक अभियानको प्रवर्धन गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।
काठमाडौँ: रास्वपाबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) काे चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । ग्रान्डी अस्पतालका अनु...
पोखरा: २५औं आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता यही माघ २७ गदेखि सुरु हुने भएको छ । मोफसलको प्रतिष्ठित सहारा क्लबले आयोजना गर्ने २५ औं संस्करणको प्रतियोगिताको तिब्र पारिएको प...
काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। यसदिन सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो। मूल्य घटेसँगै एक तोला सुनको भाउ ३ लाखमा झरेको छ। अघिल्लो साता...

