बेलायत पुगेको चार दिनमै कमलाको मृत्यु
पाेखरा | मंसिर १९, २०८०

पोखरा: स्याङ्जाको विरुवा गाउँपालिका–४ ओरेस्टेकी घर भएकी कमला गुरुङको बेलायतमा मृत्यु भएको छ । विद्यार्थी भिसामा चार दिन अगाडिमात्र बेलायत पुगेकी गुरुङको मृत्यु भएको हो ।
गैरआवासीय नेपाली संघ, बेलायतका अध्यक्ष प्रेम गाहा मगरका अनुसार उनी नोभेम्बर ३० तारिकमा बेलायत पुगेकी थिइन् ।
उनको स्वास्थ्यमा समस्या देखिएपछि त्यहाँस्थित रोयक बर्कशायर अस्पतालमा भर्ना गरिएको थियो । भर्ना गरिएकै दिन उनको निधन भएको मगरले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।
उनको निधनबारे परिवारलाई खबर गरिसकेको पनि उनले उल्लेख गरेका छन् ।
पोखरा: पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा ललितपुर क्विन्सले लगातार तेस्रो जित दर्ता गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सोमबार भएको खेलमा लुम्बिनी ला...
पोखराः ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा सोमबार (भदौ २३) पोखरामा प्रहरीले चारजनामाथि गोली प्रहार गरेको छ । घाइतेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा...
काठमाडौं: काठमाडौं उपत्यकामा आज ‘जेनजी’को प्रदर्शनका क्रममा घाइते भई विभिन्न अस्पतालमा उपचाररत १४ प्रदर्शनकारीको मृत्यु भएको छ । यसैगरी, विभिन्न अस्पतालमा १०० जनाभन्दा बढी घाइते प्र...