कानून बन्दैछन्, औद्योगिक क्षेत्र छिट्टै: पर्यटनमन्त्री थापामगर

पाेखरा | मंसिर २१, २०८०

कानून बन्दैछन्, औद्योगिक क्षेत्र छिट्टै: पर्यटनमन्त्री थापामगर तस्बिर फाइल

पोखरा:   गण्डकी प्रदेशका पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापामगरले युवा पलायन देशको प्रमुख समस्या भएको बताउँदै रोजगारी सिर्जनाले मात्र पलायन रोक्न सकिने बताएका छन् । 


पोखरा नयाँबजारमा आजदेखि सुरु भएको समृद्धि स्टिल्स ३२ औं राष्ट्रिय पोखरा औद्योगिक व्यापार मेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री थापामगरले रोजगारी सिर्जनाको लागि प्रदेश सरकारले वन ऐन ल्याएको र अव प्रदेशले जडिबुटी र काष्ठ उद्योगलाई प्रोत्साहन गरी रोजगारी सिर्जना गर्ने बताए । 


 उनले पोखरा महानगरको पुँडीटार र नवलपुरको लोकाहाखोलामा औद्योगिक क्षेत्र निर्माणको लागि अन्तिम कार्य भइरहेको बताउँदै अन्य पालिकाहरुमा पनि औद्योगिक ग्राम खोलिने बताए । 


 उनले गण्डकी क्षेत्र पदयात्राको लागि प्रख्यात रहेको र पदयात्रा मार्ग मासिँदा पर्यटन उद्योगमा असर परेको स्वीकार्दै अव वैकल्पिक पदयात्रा मार्गको निर्माणलाई विशेष महत्व दिइने पनि जानकारी दिए । 


 कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका पूर्वमन्त्री तथा सांसद विन्दुकुमार थापाले फेवाताल वरपरका जग्गाधनीहरुलाई उचित मुआब्जाको ग्यारेण्टी गर्दै फेवाताल संरक्षणको योजना अगाडि बढाउनुपर्ने बताए । उनले पोखरामा स्थायी प्रदर्शनी केन्द्र निर्माणलगायतका भौतिक पूर्वाधारका काममा पनि प्रदेश सरकारले ध्यान दिनुपर्ने सुझाव दिए । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्