विमानस्थलबाट १४ किलो सुनसहित घले प्रकाउ
काठमाडाैं | मंसिर २२, २०८०
काठमाडौं: गए राति दुबाईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आएका चन्द्र घले १४ किलो सुनसहित प्रकाउ परेका छन् ।
प्रहरी र भन्सार कार्यालयका कर्मचारीको टोलीले सुनसहित घलेलाई पक्राउ गरेको हो ।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुबेर कडायतका अनुसार गोरखा वारपाकका चन्द्र घले सुनसहित जहाजबाट अवतरण हुने क्रममा पक्राउ परेका हुन ।
घले फ्लाई दुबाईको फ्लाइटबाट काठमाडौं उत्रेका थिए ।
डिआइजी कडायतका अनुसार सुनसहित पक्राउ परेका घलेलाई थप कारवाहीका लागि भन्सार विभाग बुझाइएको छ ।
शरिरमा लुकाएर ल्याएको अवस्थामा घले पक्राउ परेको थियो ।
केही समय अघि ठूलो परिमाणमा भएको सुन तस्करीको चर्चा सेलाउन नपाउँदै फेरि अर्को सुन तस्करीको प्रकरण थपिएको छ ।।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

