काठमाडौंमा राइफलसहित ३ जना पक्राउ

काठमाडाैं | मंसिर २३, २०८०

काठमाडौंमा राइफलसहित ३ जना पक्राउ

काठमाडौँ:   काठमाडौँबाट २ थान हतियार चोरीमा संलग्न रहेको आरोपमा युवतीसहित ३ जना पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा सुनसरीको बराह नगरपालिका वडा नम्बर ३ घर भई काठमाडौँ महानगरपालिका वडा नम्बर १४ बस्ने दिलीप माझी, ताहाचल बस्ने कुशल मल्लिक  र काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ३  घर भई ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोल बस्ने काजल कुमारी भुजेल रहेका छन् । 

 

गत मंसिर १६ गते ताहाचलस्थित पुष्प जोशीको घरबाट इजाजत पत्रसहितको  दुई नाले ४१० बोरको टोटावाल बन्दुक र  जेड २१६२२९ को २२ बोरको राइफल गरी २ थान हतियारहरू चोरी भएको थियो । 

 

प्रहरी वृत्त कालीमाटीको टोलीले विभिन्न स्थानबाट ती तीन जनालाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्