उपचारका लागि मणिपाल पुगेका संगम मिश्र हराए

सेतीको ड्याम खोलेर खोजतलास गर्ने प्रहरीको तयारी

पाेखरा | मंसिर २७, २०८०

उपचारका लागि मणिपाल पुगेका संगम मिश्र हराए

पोखरा:  लामाचौरबाट उपचारको लागि मणिपाल शिक्षण अस्पताल पुगेका संगम मिश्र बेपत्ता भएका छन् । 


आफ्नो बुवा औषधी लिन गएको समयमा तनहुँ स्थायी घर भएका संगम मिश्र बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।


‘तनहुँ स्थायी घर भएका हाल लामाचौर बस्दै आएका मिश्र ज्वरो आएपछि उपचारका लागि मणिपाल अस्पताल गएका रहेछन्’, सूचना अधिकारी बिकले सुनगाभा न्यूजसँग भने, ‘अस्पतालमा उपचार गराइराखेका मिश्रका बुवा औषधी किन्न गएको समयमा अस्पतालबाट हराएका हुन् ।’


उनले इमजेन्सी वार्डमा उपचार गराइराखेका संगम आफ्नो बुवा औषधी लिन गएको समयमा अस्पतालबाट हराएको सूचना आएको बताए । 


मिश्र हराएको सूचनापछि खोजतलासको लागि गएको प्रहरीको टोलीले नदीपुरतर्फ आउने झुलुङ्गे पुलको बीचमा कपडा र आइडीकार्ड भेटिएको उनले बताए । 


‘अस्पतालबाट हराएका मिश्रको खोजतलास गर्ने क्रममा नदीपुरतर्फ आउने पुलमा आइडीकार्ड फेला परेको छ’, उनले भने, ‘भोलि पोखरा–१६स्थित ड्याम खोलेर खोजतलास गर्छौं ।’


उनले सेतीको ड्याम खोलेर मिश्रको खोजीकार्य गर्ने भएकाले भोलि सेती नदीमा पानीको बहाव बढ्ने भएकाले नदी किनारामा नजानसमेत आग्रह गरे ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ ।    काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

थप पढ्नुहोस्