सफल पोखरा म्याराथनलाई शान्तिक निकेतनको साथ
पाेखरा | मंसिर २७, २०८०
पोखरा: आगामी फागुन पहिलो साता हुने सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनलाई शान्ति निकेतन बोर्डिङ स्कुलले साथ र सहयोग गर्ने भएको छ ।
नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणमा शान्ति निकेतनले समेत साथ दिने भएको हो । प्रत्यक्ष रुपमा खेलाडी तथा विधार्थीको जिवनसँग समेत जोडिएको विषय खेल क्षेत्र भएकाले म्याराथनमा विधालयको समेत सहभागिता रहने भएको हो ।
शान्ति निकेतन बोर्डिङ स्कुलका प्रिन्सिपल महेश्वर पराजुलीले विधालय सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनमा जोडिन पाउनु खुसीको कुरा भएको प्रतिक्रिया दिएका छन् । विधालय खेलकुदको माध्ययमबाट विधार्थीहरुमा शारिरीक एवं मानसिक विकास गर्ने कुरामा कटिबद्ध रहेको र सोही अनुरुप विभिन्न खेल गतिविधि समेत गर्दै आइरहेको सुनाए । पराजुलीले म्याराथनको सफलताको शुभकामना दिदैँ विधालयको तर्फबाट गर्न सक्ने सहयोग गर्नेसमेत बताए ।
म्याराथनको काउन्टडाउन सुरु भएसँगै मञ्चले तयारीलाई तिव्रता दिएको छ । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले तयारीलाई तिब्रता दिएको बताएका छन् । उनले पोखराको मात्र नभई देशकै ठूलो इभेन्टको रुपमा रहँदै आएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा विधालयहरुलाई समेत जोड्ने योजनाअनुरुप आफुहरु विधालयस्तरमा पुगिरहेको जानकारी दिए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

