कास्कीमा ४६ फरार प्रतिवादी प्रकाउ
पाेखरा | पुस २, २०८०

पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्धामा अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी ४६ जना फरार प्रतिवादीलाई प्रकाउ गरेको छ ।
विभिन्न मुद्धामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी ४६ जना फरार प्रतिवादीहरुलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीले प्रकाउ गरेका ४६ जना फरार प्रतिवादीहरुलाई २ लाख १२ हजार दुई सय जरिवाना तथा ४ महिना १६ दिन कैद झुक्तान गरेको कास्की प्रहरीले जनाएको छ ।
प्रकाउ पर्नेमा सबैभन्दा बढी २९ जना चेक अनादार मुद्धामा प्रकाउ परेका छन् । यस्तै जालसाझी मुद्धा र सार्वजनिक स्थानमा अभद्र व्यवहार मुद्धामा ४÷४ जना, चोरी मुद्धामा २ जना, जुवा मुद्धामा ३ जना, दुषित तथा न्यून स्तरको खाद्यपदार्थ उत्पादन तथा विक्री वितरण मुद्धा, साधारण चोरी मुद्धा, सवारी अङ्गभङ्ग मुद्धा, अभदै व्यवहार मुद्धामा फरार १÷१ जना प्रतिवादीलाई प्रकाउ गरेको प्रहरीले जनाएको छ ।
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...
मनाङ: मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ । यस वर्...