पोखरामा दिउँसै सुनको सिक्री चोरी गर्ने सुमन प्रकाउ

पाेखरा | पुस ६, २०८०

पोखरामा दिउँसै सुनको सिक्री चोरी गर्ने सुमन प्रकाउ

पोखरा:    पोखरामा सुनको सिक्री चोरी गरेको आरोपमा सुमन परियारलाई प्रहरीले प्रकाउ गरेको छ । 


सुनको सिक्री चोरी गरेको आरोपमा प्रहरीले सुमनलाई बुधबार सिद्धार्थ चोकबाट प्रकाउ गरेको हो । 


पोखरा महानगरपालिका–२७ बस्ने हेमन्त पुनले घाटीमा लगाएको सुनको सिक्री सुमनले महेन्द्रपुलबाट चोरी गरेर फरार भएका थिए । सुनको सिक्री चोरी भएको सूचनापछि जिल्ला प्रहरी कार्यालय कास्की र महेन्द्रपुल प्रहरी बिटबाट खटिएको प्रहरीको टोलीले सुमनलाई पोखरा ४ सिद्धार्थ चोकबाट प्रकाउ गरेको हो । 


प्रकाउ परेका सुमनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 
 

पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...

थप पढ्नुहोस्

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्