खाद्य पदार्थको आधारभूत परीक्षण गर्न प्रयोगशाला
बाग्लुङ | पुस ६, २०८०
तस्बिर फाइल
बलेवा: बागलुङ बजारमा संवेदनशील खाद्य पदार्थको आधारभूत परीक्षण गर्न सकिने गरी खाद्य प्रयोगशाला स्थापनाको पहल थालिने भएको छ । बागलुङ नगरपालिका उपभोक्ता हित संरक्षण समितिको बैठकले प्रयोगशाला स्थापनाका लागि आवश्यक पहल गर्ने निर्णय गरेको हो ।
पानी, दूध, तेललगायतका पदार्थको आधारभूत परीक्षण गर्न मिल्ने प्रयोगशाला स्थापनाका लागि आवश्यक सहयोग गर्न बागलुङ नगर कार्यपालिकालाई अनुरोध गर्ने निर्णय गरिएको समितिका संयोजक तथा नगरउपप्रमुख राजु खड्काले बताउनुभयो । प्रयोगशाला स्थापनापछि आधारभूत खाद्य पदार्थको नियमन सहज हुने उहाँको धारणा छ ।
प्रयोगशालाको अभावमा अनुगमनका क्रममा अखाद्य वस्तु बिक्री वितरण गर्नेलाई कारबाही गर्न कठिन भएको उपप्रमुख खड्काले बताउनुभयो । चिनीको मूल्य घटेको भए पनि उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको भन्दै तत्काल मूल्य समायोजन गरी बिक्री वितरण गर्न उद्योग वाणिज्य संघमार्फत अनुरोध गर्ने र अनुगमनलाई निरन्तरता दिने निर्णय गरिएको छ । बागलुङ उद्योग वाणिज्य संघले सञ्चालन गर्न थालेको बागलुङ महोत्सवमा रहने खाद्यान्नको कक्षको नियमित अनुगमन र खाद्य स्वच्छताका लागि नियमन गर्ने बैठकले निर्णय गरेको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

