भक्तपुरमा नेपाल प्रहरीका सई बालकृष्ण मृत फेला
काठमाडाैं | पुस ८, २०८०

भक्तपुर: भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलमा प्रहरी नायव निरीक्षक (सई) मृत फेला परेका छन् ।
प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्साल काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक ४४ वर्षीय बालकृष्ण उपाध्याय घिमिरे मृत फेला परेका हुन् ।
उनी आफ्नै घरको तेस्रो तलामा आफू सुत्ने कोठाभित्र मृत फेला परेको भक्तपुर प्रहरी परिसरका प्रमुख वेद विष्टले जानकारी दिए ।
उनको मृत्युको कारण खुलेको छैन । उनी मृत फेला परेको जानकारी पाउनासाथ प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृत सहितको टोली घटनास्थल पुगेको थियो । यस सम्बन्धमा थप अनुसन्धान भई रहेको भक्तपुर प्रहरीले जनाएको छ ।
गण्डकी: पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ५५.१० र वित्तीय प्रगति ४२.५० प्रतिशत पुगेको छ । कुल ३८.८८ किमी दूरीको उक्त खण्डमा हालसम्म ३७.७० किमीमा एकतर्फी...
काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । हाल देशभर पहाडी भू–भागमा साधारणतया बदल...
पोखरा: लामा अमृत फाउण्डेशनले घान्द्रुकको श्री जनप्रिय आधारभुत विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले कास्कीको अन्नपूर्ण गाउँपालिक–१०...