क्रिसमस र उधौली पर्व मनाउन राक्सिराङ गाउँपालिकाले दियो ३ दिन सार्वजनिक बिदा

मकवानपुर | पुस ८, २०८०

क्रिसमस र उधौली पर्व मनाउन राक्सिराङ गाउँपालिकाले दियो ३ दिन सार्वजनिक बिदा

मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा दिएको छ।

 

गाउँपालिकाले क्रिसमस मनाउन आइतबारदेखि मंगलबारसम्म (तीन दिन) सार्वजनिक बिदा दिएको हो।

 

गाउँपालिकाले विज्ञप्ति नै जारी गरेर सो अवधिभर गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने जानकारी गराएको छ।

 

गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा-५ का अध्यक्ष हरिबहादुर प्रजाले कार्यपालिकाको बैठकबाटै तीन दिन बिदा दिने निर्णय भएको जानकारी दिए।

 

सोमबार क्रिसमस र मंगलबार उधौली पर्वको सार्वजनिक बिदा पर्ने हुँदा कार्यपालिका बैठकबाट आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय भएको उनले बताए।
 

उनका अनुसार गाउँपालिकाभित्र ४६ प्रतिशतभन्दा बढी मानिसहरूले इसाई धर्म मान्छन् । क्रिसमस मनाउन ६ गतेदेखि नै सुरू हुन्छ।

 

गाउँपालिकाभित्र विशेष महत्त्वका साथ मनाइने भएकाले त्यस दिन सार्वजनिक बिदा दिइएको प्रवक्ता प्रजाले जानकारी दिए।

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्