सातसय कोल्मा क्रसकन्ट्री दौडमा आर्मीको वर्चस्व
१० किमीतर्फ सनम च्याम्पियन
स्याङ्जा | पुस ८, २०८०

पोखरा: स्याङजाको कोल्मामा सम्पन्न चौथो संस्करणको क्रस कन्ट्रि दौडमा नेपाल आर्मीले वर्चस्व जमाएको छ ।
सातसय कोल्मा बहाकोट सम्पर्क मञ्च स्याङ्जाले आयोजना गरेको क्रसकन्ट्री दौडमा आर्मीका धावकहरुले वर्चस्व जमाएको हो ।
क्रसकन्ट्री दौडको खुला विदामा त्रिभुवन आर्मीका गोपाल तामाङ च्याम्पियन बने भने आर्मीकै सञ्जय श्रेष्ठ र शुसिल कुमार शाही उपविजेता र तेस्रो हुन सफल भए ।
च्याम्पियन बनेका तामाङले निर्धारित २५ किमी दुरी १ घण्टा ३१ मिनेट ५६ सेकेन्डमा पार गरे । उनले नगद रु ५० हजार, ट्रफी, मेडलसहित प्रमाणपत्र प्राप्त गरे ।
त्यस्तै दोस्रो बनेका श्रेष्ठले १ घण्टा ३३ मिनेट ४३ सेकेण्डमा पार गरे । श्रेष्ठले नगद रु ४० हजार ट्रफी र मेडलसहित प्रमाणपत्र प्राप्त गरे ।
तृतीय बनेका आर्मीकै सुशील कुमार शाहीले १ घण्टा ३४ मिनेट २ सेकेन्डमा पार गर्दै नगद रु ३० हजार ट्रफी, मेडल र प्रमाणपत्र हात पारे ।
१० किमीतर्फ सनम च्याम्पियन
२१ वर्ष मुनिको १० किमी पुरुष खुल्ला दौडतर्फ तनहँुका सनम गुरुङले ४१ मिनेट १४ सेकेन्डमा पार गर्दै उपाधि हात पारे । उपाधिसँगै गुरुङले नगद रु ३० हजार, ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरे ।
निर्धारित दुरि ४२ मिनेट ४३ सेकेण्डमा पार गर्दै पोखराका तेन्जेन रोका उपविजेता बने । रोकाले नगद रु २० हजार, ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरे ।
पोखराकै मनोज रोकाले निर्धारित दुरी ४२ मिनेट ५५ सेकेन्डमा पार गर्दै नगद रु १० हजार, ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरे ।
त्यस्तै महिला तर्फको ५ किमिको दौडको उपाधि जुम्लाका राममाया बुढाले हात पारिन् ।
बुढाले निर्धारित दुरी २१ मिनेट १८ सेकेण्डमा पार गर्दै नगद रु १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारिन् ।
यस्तै दाङका सुस्मिता कुमारी चौधरीले निर्धारित दुरी २३ मिनेट १६ सेकेण्डमा पार गर्दै उपविजेता बनिन् । उपविजेता बनेकी चौधरीले नगद रु १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।
प्रतियोगितामा पोखराका नितु तामाङले निर्धारित दुरी २५ मिनेट ३७ सेकेन्डमा पार गर्दै तेस्रो स्थान हासिल गरिन् । तामाङले नगद रु ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारिन् ।
प्रतियोगिताका विजेताहरुलाई बन्जी नेपाल पोखराले बन्जीका लागिसमेत फ्री टिकट उपलब्ध गराएको छ ।
प्रतियोगितामा ११ वर्षीय एन्जिला जिटि सबैभन्दा कम उमेर र ५८ वर्षीय गोविन्द नेपालीलेसमेत सहभागिता जनाएका थिए ।
प्रतियोगिताका विजेताहरुलाई गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशिला सिंखडा, गण्डकी प्रदेशका पुर्व मन्त्रीहरु दिपक चर्तीमगर, मेखलाल श्रेष्ठ, गण्डकी प्रदेशका निवर्तमान सांसद मीन प्रसाद गुरुङ, पुतलीबजार नगरपालिका मेयर तुलसिराम रेग्मी, सातसय कोल्मा सम्पर्क मञ्चका अध्यक्ष दुत प्रसाद गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
कोल्माको क्रसकन्ट्री गण्डकीकै ब्राण्ड बनोस्: मन्त्री सिंखडा
पुरस्कार वितरण तथा समापन समारोहमा बोल्दै गण्डकी प्रदेशका सामाजिक पिकास तथा स्वास्थ्यमन्त्री सुशिला सिंखडाले कोल्मामा आयोजना हुने क्रसकन्ट्री दौड गण्डकी प्रदेशकै ब्राण्ड बन्नुपर्ने बताइन् ।
उनले राष्ट्रिय स्तरको क्रसकन्ट्री दौड कोल्मामा आयोजना हुनु गौरवको विषय भएको उल्लेख गरिन् । मन्त्री सिंखडाले खेलकुदको माध्यमबाट ग्रामीण क्षेत्रको विकासमा थप टेवा पुग्ने बताउदैै कोल्माको विकासका लागि आफ्नो मन्त्रालयबाट सक्दो सहयोग गर्ने बताइन् ।
त्यस्तै पूर्वमन्त्री दिपक चर्तीमगरले खेलकुदकै माध्यमबाट स्याङजा र तनहुँको सिमानामा पर्ने कोेल्मालाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल भएको बताएका थिए ।
सो अवसरमा सातौ दक्षिण एसियन कराँते खेलमा कुमिते क्याटगोरीमा स्वर्णपदक विजेता तनहु देवघाट ५ की पार्वती गुरुङलाई सम्मानसमेत गरिएको थियो ।
सातसय कोल्मा सम्पर्क मञ्चका अध्यक्ष दुत प्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठ, निवर्तमान प्रदेश सभासदस्य मीन प्रसाद गुरुङ, मञ्चका अक्षयकोष संयोजक चित्र बहादुर गुरुङ, पुतलीबजार नगरपालिका वडा नम्बर ९ का अध्यक्ष लील प्रसाद गुरुङ लगायतले बोलेका थिए ।
मञ्चका महासचिव जीवन पोख्रेल र सचिव जीवन थापा मगरले कार्यक्रम सञ्चालन गरेका थिए ।
काठमाडौं: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप स...
सुनसरी: सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ। उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ...
काठमाडौं: नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा&ndas...