सिद्धार्थ राजमार्ग दैनिक छ घण्टा बन्द हुने

पाल्पा | पुस १०, २०८०

सिद्धार्थ राजमार्ग दैनिक छ घण्टा बन्द हुने

पाल्पा:   सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने भएको छ । आगामी पुस १६ गतेदेखि दैनिक ६ घण्टा सडक बन्द हुने भएको हो ।


सिद्धबावा क्षेत्रमा सुरुङ् मार्ग निर्माण गर्न राजमार्ग बन्द गर्न लागिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयो । सडक राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुनेछ ।


बन्दका बेला अत्यावश्यक सवारीसाधनलाई भने संचालनमा रोक नलगाइने प्रजिअ काफ्लेले बताउनुभयो । सिद्धबाबा सुरुङ् मार्ग निर्माण आयोजना कार्यालयबाट पत्राचार भइ आएकाले योजनाको कामलाई अगाडि बढाउन स्थानीय प्रशासनले सडक बन्द गर्न लागेको हो ।


सडक सय दिनसम्म दैनिक ६ घण्टा बन्द हुने बताइएको छ । सुरुङ् मार्ग निर्माण गर्दा माथिबाट पहिरो र ढुङ्गाहरू खस्ने भएकाले सडक बन्द गरेर आयोजनाको काम अगाडि बढाउनुपरेको सुरुङ् मार्ग आयोजना कार्यालय बुटवलका प्रमुख रामपुकार जैसवालले बताउनुभयो ।


सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ मार्ग बनाउने गरी चाइना कम्पनीसँग सम्झौता भएको छ । सुरुङ् मार्गको हालसम्म ८ प्रतिशत मात्र काम भएको छ ।

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्