सांसदको प्रश्न : ‘नेपाल काठमा आत्मनिर्भर कहिले हुन्छ ?’
काठमाडाैं | असार १२, २०७९

काठमाण्डौँ : राष्ट्रियसभाका सांसदहरुले नेपाल काठमा आत्मनिर्भर कहिले हुन्छ ? भन्दै वन तथा वातावरणमन्त्री समक्ष प्रश्न गरेका छन् ।
राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफलका क्रममा सांसदहरुले नेपालमा काठको व्यवस्थापन हुन नसकेको भन्दै काठ आयातलाई कम गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।
सांसद डा विमला राई पौड्यालले भन्नुभयो, “रुखले प्रविधिक पाएन, धेरै रुख त्यसै सडेर गएका छन, धोद्रो भएर गएका छन् अनि हामीले काठ आयात गरिरहेका छौँ, आयातित काठलाई प्रतिस्थापन गर्ने सरकारको योजना के छ ।”
सांसद गङ्गा कुमारी बेल्वासेले निकुञ्ज ऐन, २०२९ लाई संशोधन गरी समयानुकुल बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । सांसदद्वय खिमलाल देवकोटा र सुरेशकुमार आले मगरले बजेट कार्यान्वयनमा जोड दिनुभयो ।
छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले वन नियमावली र वन ऐन अन्तर्गत नै रहेर खानी उत्खनन गर्ने काम भइरहेको प्रस्ट पार्नुभयो । उहाँले कर्मचारी अभावले वन क्षेत्रमा प्राविधिकको कमि भएको उल्लेख गर्दै जतिसक्दो चाँडो प्राविधिकको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “कोभिड–१९ बाट थलिएको पर्यटकीय क्षेत्रलाई टेवा पुर्याउने उद्देश्यले राष्ट्रिय निकुञ्ज तथा आरक्षणमा पर्यटन पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्ने सरकारको योजना छ, जैविक विविधता संरक्षणमा मन्त्रालययको प्राथमिकता छ ।”
काठमाडौं: पेट्रोलियम पदार्थको अनुसन्धानको क्रममा दैलेखमा ठूलो मात्रामा मिथेन ग्यास रहेको हुनसक्ने देखिएको छ । खानी तथा भूगर्भ विभागका प्रवक्ता दिनेशकुमार नापितका अनुसार चिनियाँ पक्षले लामो समयदेखि ...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही असार ७ गते तेस्रो स्थापना दिवस मनाउने भएको छ । ‘लुटतन्त्रको खारेजी एवम् सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसद्मा’ भन्ने मूल नारासहित द...
काठमाडौं: समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय,...