घान्द्रुकमा ल्होछार पुजा
पाेखरा | पुस १२, २०८०
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ घान्द्रुकमा गुरुङ जातिको मौलिक चाड ल्होछार पर्वको अवसरमा आयोजित ल्होछार पुजा आजबाट सुरु भएको छ ।
२६ औं ल्होछार पर्वको अवसरमा ङग्युर दोर्जे साङाग छयोएलिङ्ग गुम्बामा ल्होछार पर्वको अवसरमा पुजासँगै सांस्कृतिक कार्यक्रम सुरु भएको हो । ल्होछार पुजा पुष १५ गतेसम्म सञ्चालन हुनेछ ।
२६ औं ल्होछार पर्वको अवसरमा विरालो वर्गको विदाई र गिद्ध वर्गको आमगनको अवसरमा घान्द्रुकमा पुस ११ देखि १५ गतेसम्म ल्होछार पर्व मनाउन लागेको लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले जानकारी दिए ।
बुधबार धर्म गुरुहरुको आगमनसहित जगे (किलखोर) स्थापना गरिएको छ । यस्तै आजदेखि १४ गतेसम्म ह्युमपत पुस्तक पाठन वाचनसँगै बिहान र साँझ साङ र डोल्मा पुजा हुने गुरुङले बताए ।
यस्तै १४ गते तोनाम घोसुस (ग्रह) शान्ति पुजा, १५ गते पितृ पुजा, बिहान १०देखि १२ बजेसम्म कङग्युर (त्रिपिटक) ह्युम पुस्तकसहित गाउँ परिक्रमा र १ बजेदेखि गुरु ढकर रिन्पोछे बाहुल्यबाट आयु छेवाङ (अभिषेक) दिने कार्यक्रम रहेको छ ।
२६ औं ल्होछार पर्वको अवसरमा विरालो वर्गको विदाई र गिद्ध वर्गको आमगनको अवसरमा घान्द्रुक गुम्बा परिसरमा ल्होछारको सुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको गुरुङले बताए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

