प्रहरीको गोली लागेर २३ वर्षीय राउतको मृत्यु
काठमाडाैं | पुस १३, २०८०
काठमाडौं: ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ ।
किष्ट मिडिकल अस्पतालका प्रमुख अमिष पाठकका अनुसार जुम्ला जिल्ला घर भएका २३ वर्षीय सुजन राउतको उपचारका क्रममा निधन भएको हो । राउत हाल भक्तपुरमा बस्दै आएका थिए ।
गोली लागेपछि अचेत अवस्थामा रहेका राउतलाई १२:४० बजे अस्पताल ल्याइपुर्याएकोमा १:१७ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । राउतको छातीमा रातो–निलो डाम रहेको प्रमुख पाठकले जानकारी दिए ।
शुक्रबार रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले बालकुमारीमा प्रदर्शन गरेका थिए ।
कास्की: पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका –१०, रामघाट...
गलकोट: निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् । निमार्णा...
पोखरा: डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ । ...

