भीडभाडमा जाँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह

काठमाडाैं | पुस १८, २०८०

भीडभाडमा जाँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह तस्बिर फाइल

काठमाडौं:    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिडभाड हुने स्थानहरूमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । छिमेकी मुलुकहरूमा कोभिड १९ को नयाँ सब भेरियन्ट जे एन.१ को  सङ्क्रमण बढिरहेकाले नेपालमा पनि भित्रिन सक्ने भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।   


मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै मन्त्रालयले भिडभाडमा मास्कको प्रयोग, भौतिक दूरी कायम राख्नुका साथै हातको सरसफाइमा समेत विशेषतः ध्यान दिन आग्रह गर्नुभएको छ। डा. बुढाथोकीका अनुसार हालसम्म नेपालमा कोभिड १९ को नयाँ सब भेरियन्ट जे एनड्ड १ को सङ्क्रमण पुष्टि भैसकेको छैन। 


नेपालमा पनि सङ्क्रमण भित्रिन नदिन विभिन्न नाकामा नयाँ सङ्क्रमणलाई दृष्टिगत गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरू, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरू तथा सम्पूर्ण सरोकारवालाहरूमार्फत आवश्यक निगरानी भइरहेको जानकारी दिनुभयो । 


साथै नेपालमा सङ्क्रमण फैलिहालेमा मन्त्रालय कोभिड–१९ को व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको डा। बुढाथोकीको भनाइ छ।

सुर्खेत:  आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...

थप पढ्नुहोस्

चितवन:  पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ ।  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...

थप पढ्नुहोस्

पोखरा:    फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ ।     उत्सवमा ३ वटा स...

थप पढ्नुहोस्