बगर भाइखलकको अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल माघकाे अन्तिम साता
पाेखरा | पुस १९, २०८०
तस्बिर फाइल
पोखरा: पोखरामा हुने अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता माघ अन्तिम साता हुने भएको छ । बगर भाइ खलकको आयोजनामा पोखरा टुँडिखेलको खेलमैदानमा १३ औं संस्करणको बगर भाइ खलक तथा दोस्रो हिमालयन ब्रअरी अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताको मुख्य संयोजकमा इश्वर गुरुङ रहेका छन् । प्रतियोगिताका तयारीका लागि विभिन्न १३ वटा उपसमितिहरु बनाइएको अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिएका छन् ।

उनका अनुसार तीन वटा उमेर समुह ४० वर्षमाथि, ५० वर्ष माथि र ६० वर्षमाथि खेलाडीहरु बिच प्रतियोगिता हुनेछ ।
४० वर्षमाथि उमेर समुहको विजेताले दुई लाख रुपैयाँ र उपविजेताले एकलाई रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड्फिल्डर, फरवार्ड र प्रशिक्षकले समान पाँच/पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
५० वर्षमाथि उमेर समुहको विजेताले नगद एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । ६० वर्ष माथि उमेर समुहका विजेताले ५० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँ प्रप्त गर्नेछन् ।
प्रतियोगिताको मुख्य प्रायोजकमा हिमालयन ब्रुअरी रहेको छ भने सह–प्रायोजकमा प्रदेष खेलकुद परिषद गण्डकी, बगर भाइखलक युके र पोखरा महानगरपालिका रहेको छ ।
विशेष सहयोगी संस्थामा सहारा युके, पोमनपा वडा न १ को कार्यालय, कृषि बिकास बैंक र सफल दुध रहेका छन् ।
माघ २१ देखि माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रतियोगितामा युके, देहरादुन, कलकत्ता, काठ्मान्डौ, ललितपुर, हेटौडा , नवलपरासी, बुटवल, सिमरा, वीरगंज, चितवन, पोखरा लगायत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय गरि करिब ३० टिमको सहभागिता रहने आयोजकको अनुमान रहेको छ।
पोखरा: कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् । अखिल ने...
पाेखरा: कास्की क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सहिदको शालिकमा माल्यार्पण गरेर घेटघाट शुरु गरेको छ । सो क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवार राजकाजी गुरुङसहितको टोलीले...
पोखरामा प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा पोखरामा आजदेखि अन्तर माध्यमिक विद्यालय क्रिक...

