शनिबार हुने ‘चङ्गा म्युजिक एन्ड आर्ट फेस्टिबल’ को तयारी पूरा
प्रजिना, जोन र स्रेगोको विशेष प्रस्तुती रहने
पाेखरा | पुस १९, २०८०
तस्बिर: प्रोसेस मल्ल
पोखरा: बाह्रसिङ्गे बियरको मुख्य प्रायोजनमा पोखरामा पहिलोपटक आयोजना हुने ‘चङ्गा म्युजिक एन्ड आर्ट फेस्टिबल’ को सम्पूर्ण तयारी पूरा भएको छ ।
चङ्गा प्रोडक्सनको आयोजनामा यही पुस २१ गते शनिबार (जनवरी ६) पोखराको नयाँबजारस्थित प्रर्दशनी केन्द्रमा हुने ‘चङ्गा म्युजिक एन्ड आर्ट फेस्टिबल’ को सम्पूर्ण तयारी पूरा भएको प्रोडक्सनका प्रबन्धक निर्देशक विवेक गुरुङले जानकारी दिए ।
उनका अनुसार फेस्टिबलमा प्रजिना, जोन चाम्लिङ राई र स्रिजल विक्रम भण्डमारी (स्रेगो)ले विशेष प्रस्तुती दिनेछन् भने हुबाको टिमले फेसन शो प्रस्तुत गर्नेछ ।
निर्देशक गुरुङले हुबाको कोरियोग्राफीमा पोखराकै मोडलहरुले फेसन शो गर्ने बताए ।
‘यस्तो कार्यक्रम पोखरामा पहिलोपटक आयोजना गर्दैछौ, निर्देशक गुरुङले भने, ‘यसले हाम्रै पोखराको र नवदीत कलाकारहरुलाई एक्सप्लोर गर्ने छ । त्यसैले हामीले आर्ट र म्युजिकलाई जोडेर फेस्टिबल आयोजना गरेका हौं ।’
उनले म्युजिक फेस्टिबलको माध्यमबाट संगीत र कलासँग जोडिएका संस्कृतिहरुको प्रर्वद्धन गर्ने विश्वास लिएको बताए ।
हुबा ब्राण्डले विगत दुई बर्षदेखि विभिन्न प्रकारका कपडालाई ब्राण्ड गर्दै आएको छ । युवाहरु मिलेर सञ्चालनमा ल्याएको हुबाले चङ्गा प्रोडक्सनसँग सहकार्य गर्न पाएकोमा हुबाका क्रियटिम म्यानेजर सुशिल सापकोटाले खुशी व्यक्त गरे । ‘चङ्गासँग हाम्रो पहिलोपटक अफिसियल्ली सहकार्य यो इभेन्टका लागि भएको छ, सापकोटाले भने, ‘यहाँहरुको इभेन्ट पृथक भएकाले पनि हामी चङ्गासँग कोल्याब्रेट गरेका हौं ।’
सापकोटाले अरुबेला हुने फेसन शो भन्दा चङ्गा फेस्टिबलमा फरक खालको शो हुने जानकारी दिए । ‘अरु बेलाको फेशन शो भन्दा यो इभेन्टमा फरक खालको शो देख्न पाउनुहुनेछ । म्युजिकमा र्याम्प वाक मात्र नभएर एक्टिङलाई पनि स्पेस दिएका छौ, उनले भने ।
सो फेस्टिबलमा द इन्फ्लेम ब्यान्ड, द अदृश्य किरण एण्ड मोर लगायतले सांगीतिक प्रस्तुती दिनेछन् ।
यस्तै सो फेस्टिबलमा विभिन्न आर्ट लगायत पोखरेली ब्राण्डहरुका करिब ४० वटा स्टल रहने छन् भने टिकट पृथ्वीचोकको कुन्तीमलस्थित बक बक क्याफेमा उपलब्ध रहेको छ ।
‘चङ्गा म्युजिक एन्ड आर्ट फेस्टिबल’ युवाहरुको सशक्तिकरणमा टेवा पुर्याउने लक्ष्यसहित आयोजना गरेको बताइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

