कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाजको अध्यक्षमा न्यौपाने निर्वाचित
पाेखरा | पुस २२, २०८०
पोखरा: कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीको अध्यक्षमा जीवलाल न्यौपाने निर्वाचित भएका छन् । पोखरामा शनिबार सम्पन्न भएको साधारण सभा तथा तेस्रो अधिवेशनले न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्ष विष्णु भट्टराई पाण्डे, सचिव लीलाबल्लभ न्यौपाने, कोषाध्यक्ष मणिराज भट्टराई, सहसचिव भीमलाल भट्टराई चुनिए ।

सदस्यमा हरिकला पाण्डे, वडा नम्बर ५ को संयोजक तथा सदस्यमा पवित्रा पाण्डे, वडा नम्बर ४ को संयोजक तथा सदस्य राजन पाण्डे, वडा नम्बर ६ को संयोजक तथा सदस्य वेदप्रसाद भट्टराई, वडा नम्बर ३ को संयोजक तथा सदस्य जयप्रसाद भिँले, वडा नम्बर ७ को संयोजक तथा सदस्य गोपाल भट्टराई, वडा नम्बर २ को संयोजक तथा सदस्य गीता भेँडी र वडा नम्बर १ को संयोजक तथा सदस्य रुकेश सुनार निर्वाचित भएका छन् ।
सल्लाहकारहरु प्रसिद्ध गायक पुरुषोत्तम न्यौपाने, एलबी राना, भोजराज पाण्डे, चोलाकान्त पाण्डे, केबी राना, लेखनाथ न्यौपाने र वेदप्रसाद पाण्डे लगायतको सहजीकरणमा नयाँकार्यसमिति चयन भएको हो । निर्वाचन समिति संयोजक भोजराज पाण्डे थिए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

