पोखरामा ब्राउनसुगरसहित अनिल प्रकाउ
पाेखरा | पुस २५, २०८०
पोखरा: पोखरा लागूऔषध ब्राउनसुगरसहित स्याङ्जाका अनिल गुरुङलाई प्रहरीले प्रकाउ गरेको छ । गुरुङलाई लागूऔषध ब्राउनसुगरसहित आज (बुधबार) प्रहरीले प्रकाउ गरेको हो ।

स्याङ्जाको भिरकोट नगरपालिका–१ स्थायी घर भई पोखरा महानगरपालिका १५ कोलपाटन बस्ने ३४ वर्षीय गुरुङलाई शंका लागेर चेकजाँच गर्ने क्रममा प्रहरीले लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो ६ ग्राम २सय मिलिग्राम पदार्थसहित प्रकाउ गरेको हो ।
प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

