आहा ! रारा पोखरा गोल्डकपमा १२ टिमले प्रतिस्पर्धा गर्ने

पाेखरा | पुस २६, २०८०

आहा ! रारा पोखरा गोल्डकपमा १२ टिमले प्रतिस्पर्धा गर्ने

पोखरा:  पोखरा रंगशालामा माघ ९ देखि २० गतेसम्म हुने २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा विदेशी क्लबसहित १२ टिमले प्रतिस्पर्धा गर्ने भएको छन् । सहारा क्लबले पोखरामा आज (बिहीबार) पत्रकार सम्मलेन गर्दै प्रतियोगितामा दिल्ली फुटबल क्लब इन्डिया र पारो फुटबल क्लब भुटानसहित १२ क्लबले प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो । 


आहा रारा पोखरा गोल्ड कप मा गतवर्षको डिफेण्डिङ च्याम्पियन सङ्कटासँगै नेपाल पुलिस, त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दी, मछिन्द्रले प्रतिस्पर्धा गर्नेछ । यस्तै, चर्च ब्वाइज, जावलाखेल, राइजिङ स्टार, थ्री स्टार र आयोजक सहारा सहभागी हुनेछ । 


प्रतियोगितामा करिव १ करोड ८६ लाख आम्दानी हुने र १ करोड ४९ लाख ३ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरेको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए । प्रतियोगितामा बचत रकमबाट क्लबले फुटबल एकेडेमी चलाउँदै आएको छ । 


एकेडेमीमा ८ जिल्लाका १४ बालकहरू आश्रित छन् । यो चौथो ब्याच हो । प्रतियोगितामा उद्योगपति तथा पूर्व सांसद स्व. सूर्यबहादुर केसीको परिवारले साथ दिएको छ । त्यसैले उत्कृष्ट ५ पुरस्कार उनैको स्मृतिमा प्रायोजन गरिएको छ । 


प्रतियोगिताका विजेताले अघिल्लो इभेन्टमा १२ लाख पाएका थिए भने उपविजेताले ६ लाख पाएका थिए । अहिले पनि सोही पुरस्कार यथावत् रहने बताइएको छ । तर पुरस्कार राशि बढाउन आन्तरिक छलफल चलिरहेको क्लबले जनाएको छ । प्रतियोगिता पोखरा रङ्गशालामा हुने अध्यक्ष केशवराज बरालले बताए । 

मुस्ताङ:  मुस्ताङको लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरेबुङ पास क्षेत्रका लागि निस्किएका १४ जना पर्यटक तथा पदयात्री केहीबेर अघि जिल्ला प्रशासन कार्यालय मुस्ताङको सम्पर्कमा आएका छन् । ...

थप पढ्नुहोस्

मुस्ताङ:   मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।  यहाँको लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरिबुङ पास हुँ...

थप पढ्नुहोस्

काठमाडौं:   २०८२ भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानमा भएको क्षतिको मूल्याङ्कन गर्न तथा पुनःनिर्माण योजना तयार गर्नका लागि अध्ययन गर्न ...

थप पढ्नुहोस्