आहा ! रारा पोखरा गोल्डकपमा १२ टिमले प्रतिस्पर्धा गर्ने

पाेखरा | पुस २६, २०८०

आहा ! रारा पोखरा गोल्डकपमा १२ टिमले प्रतिस्पर्धा गर्ने

पोखरा:  पोखरा रंगशालामा माघ ९ देखि २० गतेसम्म हुने २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा विदेशी क्लबसहित १२ टिमले प्रतिस्पर्धा गर्ने भएको छन् । सहारा क्लबले पोखरामा आज (बिहीबार) पत्रकार सम्मलेन गर्दै प्रतियोगितामा दिल्ली फुटबल क्लब इन्डिया र पारो फुटबल क्लब भुटानसहित १२ क्लबले प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो । 


आहा रारा पोखरा गोल्ड कप मा गतवर्षको डिफेण्डिङ च्याम्पियन सङ्कटासँगै नेपाल पुलिस, त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दी, मछिन्द्रले प्रतिस्पर्धा गर्नेछ । यस्तै, चर्च ब्वाइज, जावलाखेल, राइजिङ स्टार, थ्री स्टार र आयोजक सहारा सहभागी हुनेछ । 


प्रतियोगितामा करिव १ करोड ८६ लाख आम्दानी हुने र १ करोड ४९ लाख ३ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरेको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए । प्रतियोगितामा बचत रकमबाट क्लबले फुटबल एकेडेमी चलाउँदै आएको छ । 


एकेडेमीमा ८ जिल्लाका १४ बालकहरू आश्रित छन् । यो चौथो ब्याच हो । प्रतियोगितामा उद्योगपति तथा पूर्व सांसद स्व. सूर्यबहादुर केसीको परिवारले साथ दिएको छ । त्यसैले उत्कृष्ट ५ पुरस्कार उनैको स्मृतिमा प्रायोजन गरिएको छ । 


प्रतियोगिताका विजेताले अघिल्लो इभेन्टमा १२ लाख पाएका थिए भने उपविजेताले ६ लाख पाएका थिए । अहिले पनि सोही पुरस्कार यथावत् रहने बताइएको छ । तर पुरस्कार राशि बढाउन आन्तरिक छलफल चलिरहेको क्लबले जनाएको छ । प्रतियोगिता पोखरा रङ्गशालामा हुने अध्यक्ष केशवराज बरालले बताए । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्